आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

अब संशोधनवादका विरुद्ध लडाई लड्न जरुरी छ : मोहन वैद्य

शनिबार, १९ कात्तिक २०७९, १८ : ००
शनिबार, १९ कात्तिक २०७९

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले देशमा अझै जातीय मुक्ति प्राप्त हुन नसकेको भन्दै मुक्तिका लागि संघर्ष गर्न आवश्यक रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

उनले देशमा रुपान्तरणको लागि सामन्तवाद, साम्राज्यवाद, बाहुनवाद विरुद्ध लडेर संघर्ष गर्दा पनि वर्गीय, जातीय, महिला, दलित, मधेसी समुदायको मुक्ति हुन नसकेको बताए । महासचिव वैद्यले जातीय र वर्गीय मुक्तिका निम्ति संघर्ष गर्न जरुरी रहेको उल्लेख गरे । उनले  सामन्तवाद, साम्यवाद, पितृसत्तात्मकवाद, व्राह्मणवाद, पहाडिया शोषण वादका विरुद्ध लड्दै गर्दा संशोधनवादका विरुद्ध पनि लड्न अत्यावश्यक रहेको बताए ।

उनले संशोधनवाद सबै क्षेत्रमा फैलिसकेको उल्लेख गर्दै संशोधनवादका विरुद्ध नलडिकन मुक्ति हुन प्राप्त हुन नसक्ने बताए । उनले संशोधनवादका निमित्त लडेर क्रान्ति पूरा भयो भन्ने नसोच्न आग्रह गर्दै अझै क्रान्ति पूर्ण रुपमा पूरा हुन नसकेको जिकिर गरे ।

उनले भने– ‘ अब हामी फेरि मुक्तिका निम्ति संघर्ष गर्न जरुरी छ । जातीय, मुक्ति, वर्गिय मुक्ति र सबै मुक्तिको निम्ति संघर्ष गर्न जरुरी छ । धेरै संघर्ष गरियो तर मुक्ति प्राप्त गर्न सकिएको छैन । यसका लागि पुनः संघर्ष जरुरी छ । सामन्तवाद, साम्यवाद, पितृसत्तात्मकवाद, व्राह्मणवादका लागि लड्ने पनि ठिक छ, पहाडिया शोषणवादका विरुद्ध लड्ने पनि ठीक छ, तर यसको साथमा संशोधनवादका विरुद्ध पनि लड्नुपर्छ । संशोधनवादका विरुद्ध नलडिकन मुक्ति हुन सक्दैन, किनभने त्यो संशोधनवाद सबैमा घुसेको छ । त्यसकारणले संशोधनवादका निमित्त लडेर क्रान्ति पूरा भयो भन्ने छ, क्रान्ति पूरा भएको छैन ।’

उनले भने, ‘हामीले देशमा रुपान्तरणको लागि सामन्तवाद,साम्राज्यवाद, बाहुनवादका विरुद्ध वर्गीय, जातीय, महिला, दलित, मधेसी, सबै सबैको मुक्तिको निम्ति धेरै रगत बग्यो । थुप्रै योद्धाहरूले शहादत्त प्राप्त गरे तर अझै मुक्ति प्राप्त हुन सकेको छैन ।’  महासचिव वैद्यले नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवादको स्थापना गरी साम्यवादको प्राप्तिको निम्ति दृढता पूर्वक अघि बढ्नुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप