शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

ठगी मुद्दामा पक्राउ परेका सुकेशको आरोप : केजरीवालले मसँग ५० करोड रुपैयाँ लिए

शनिबार, १९ कात्तिक २०७९, १५ : ४२
शनिबार, १९ कात्तिक २०७९

ठगी मुद्दामा पक्राउ परेका सुकेश चन्द्रशेखरले आम आदमी पार्टीका नेताहरूलाई आरोप लगाउँदै अर्को पत्र लेखेका छन् । यसपटक उनले मुख्यमन्त्री अरविन्द केजरीवाललाई पनि मुछेका छन् । चन्द्रशेखरले आफ्ना वकिलहरूलाई पठाएको पत्रमा आफूले दिल्लीका उपराज्यपाललाई उजुरी गरेदेखि नै दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले तिहाड जेलका पूर्व डीजीमार्फत आफूलाई धम्की दिइरहेको आरोप लगाएका छन् । 

उनले केजरीवालबारे लेखेका छन्, ‘केजरीवाल जी, यदि तपाईंका अनुसार म सबैभन्दा ठूलो ठग हुँ भने तपाईंले मबाट ५० करोड लिएर मलाई राज्यसभाको सिटको प्रस्ताव किन दिनुभयो ? त्यसोभए तपाई यसबाट के बन्नु हुन्छ ? महाठग ?’

‘केजरीवाल जी, तपाईंले मलाई २०१६ मा सिट र पोस्टिङको बदलामा ५ सय करोड रुपैयाँ योगदान गर्न १० देखि ३० जना थप मानिसहरूलाई पार्टीमा किन ल्याउनु भन्नुभयो ? केजरीवालजी तपाईं २०१६ मा सत्येन्द्र जैनसँग मेरो डिनर पार्टीमा किन आउनुभयो ?

केजरीवालजी २०१७ मा सत्येन्द्र जैन तिहाड जेलमा मलाई भेट्न आउँदा उहाँसँग फोनमा किन कुरा गर्नुभयो । उनको फोनमा तपाईँको नाम एके–२ को रूपमा सुरक्षित थियो । उनको कालो आईफोनमा।’ सुकेश चन्द्रशेखरले लेखेका छन्, ‘केजरीवाल जी र सत्येन्द्र जैनको तिहाड प्रशासनबाट मलाई धम्की दिन बन्द गर्नुहोस् । म तपाईंको धम्कीदेखि डराएको छैन।’

सुकेश चन्द्रशेखर दिल्लीको मण्डोली जेलमा छन् । उनले यसअघि तिहाड जेलमा रहेका आम आदमी पार्टीका नेता सत्येन्द्र जैनलाई १० करोड रुपैयाँ सुरक्षा रकम दिएको दाबी गर्दै उपराज्यपाललाई पत्र लेखेका थिए। बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप