बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

प्रचण्ड र देउवाको लभ परिसक्यो  : खगराज भट्ट

शनिबार, १९ कात्तिक २०७९, १५ : ३८
शनिबार, १९ कात्तिक २०७९

माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश इन्चार्ज तथा डडेलधुरा प्रदेश (क)का उम्मेदवार खगराज भट्टले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच गाढा सम्बन्ध भैसकेको बताएका छन् । शनिबार डडेलधुराको अजेयमरु गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता भट्टले प्रचण्ड र देउवाको लभ परिसकेको बताए । उनले भने– ‘मैले भनिरहेको छु प्रचण्ड र देउवाको लभ परिसक्यो । प्रचण्डले मलाई इतिहास रुपमा जिताएर ल्याउन निर्देशन दिनु भएको छ। देउवाको टिमलाई जिताएर पठाउनु भएको भने डडेल्धुराको मुहार फेरिनेछ ।’ 

उनले भने– ‘शेरबहादुर देउवा राष्ट्रको नेता हो, कांग्रेसले मेरो मात्र हो भन्ने होइन । म जन्मेको अजयमेरुले उहाँलाई ८० प्रतिशत मत जाने छ । म यहाँको उम्मेदवार होइन, तर यहाँ खगराजको अनुहार हेरेर गोविन्द बोहरालाई मत दिनु होला । देउवा यो देशका अपरिहार्य हुनु भएको छ ।’ 

कार्यक्रममा कांग्रेस नेता नैनसिंह महरले प्रधानमन्त्री देउवा र कांग्रेसले झुटो नबोलेको दाबी गर्दै एमालेलेको नेतृत्वले सुदूरपश्चिममा आएर झुटाका पुलिन्दा सुनाइराखेको बताए । उनले डडेल्धु्रमा गठबन्धनको गोलकिपर नभएको समेत बताए । 

उनले भने– डडेलधुरामा गठबन्धनको गोलकिपर पनि छैन । त्यसमा पनि सम्मानित प्रधानमन्त्रीज्यूले गोल गर्दा नेट च्यातिने अवस्था छ । खगराज भट्ट र गोविन्द बोहराले पनि गोल गरिसक्नुभएको छ ।’ उनले निर्वाचनमा विजय भएपछि डडेलधुराको शिक्षा, स्वास्थ्य, रोजगारी, सडक विस्तार गरिनेमा जोड दिए । प्रधानमन्त्री देउवाको अन्तिम कार्यकालमा यी सबै काम गर्न आफूहरु प्रतिबद्ध रहेको समेत उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप