शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

देउवा प्रधानमन्त्री भएपछि सुदूरपश्चिम चिनियो : आरजु राणा

शनिबार, १९ कात्तिक २०७९, १५ : २५
शनिबार, १९ कात्तिक २०७९

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.आरजु राणा देउवाले पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि सुदूरपश्चिम चिनिएको बताएकी छन् । नेतृ रााणाले प्रधानमन्त्री देउवाले सुदूरपश्चिमका लागि जे गर्छु भनेको हो त्यो गर्दै आएको दावी समेत गरिन् ।

शनिबार डडेल्धुराको अजेयमरु गाउँपालिकामा आयोजित सत्ता गठबन्धनको चुनावीसभलाई सम्बोधन गर्दै उनले भनिन्– ‘देउवाले जे गर्छु भन्नू भएको छ, त्यो गर्नु भएको छ । सुदूरपश्चिमका मान्छे सिधा हुन्छन्। मैले बिहे गर्नुभन्दा पहिला मैलाई डडेल्धुराको नाम भन्न आउँदैन थियो । देउवा कुन जात होला भन्ने थियो । तर देउवा प्रधानमन्त्री भएपछि सुदूरपश्चिम चिनियो ।’ राणा प्रधानमन्त्री देउवाकी पत्नी समेत हुन् ।

नेतृ राणाले गाउँ, ठाउँ र देशको भविष्य हेरेर भोट हाल्न सबैलाई आग्रह गरिन् । उनले भनिन्– ‘यहाँ प्रधानमन्त्री र मन्त्री हुने मान्छे छन् । जितेर मुसाझै कुनामा बस्नेलाई जिताएर केही हुने वाला छैन ।’ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप