शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सन् २०२२ मा नेपाल भित्रिए ४ लाख ७३ हजार पर्यटक

शनिबार, १९ कात्तिक २०७९, १५ : १२
शनिबार, १९ कात्तिक २०७९

सन् २०२२ को १० महिनामा विदेशबाट ४ लाख ७३ हजार ५ सय ६३ जना पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२२ को जनवरीदेखि अक्टोबरसम्ममा उक्त विदेशी नेपाल आएका हुन् ।

जसमध्ये जनवरीमा १६ हजार ९७५, फेब्रुअरीमा १९ हजार ७६६ जना नेपाल भित्रिएका थिए । यस्तै, मार्च महिनामा ४२ हजार पर्यटक नेपाल आएको बोर्डले जनाएको छ । यसबाहेक, अप्रिल महिनामा ६१ हजार, मेमा ५३ हजार, जुनमा ४६ हजार, जुलाईमा ४४ हजार, अगस्टमा ४१ हजार, सेप्टेम्बरमा ५८ हजार र अक्टोबरमा ८८ हजार पर्यटक नेपाल आएका छन् ।

१० महिनामा सबैभन्दा धेरै अक्टोबर महिनामा सबैभन्दा धेरै पर्यटक नेपाल घुम्न आएको बोर्डले जानकारी दिएको छ । नेपाल घुम्न आउनेमध्ये युरोपियन मुलुकका पर्यटक धेरै छन् । यो १० महिनामा युरोपबाट ३० हजार पर्यटक नेपाल आएका छन् । यसपछि सार्क मुलुकबाट २१ हजार अमेरिकी मुलुकबाट १३ हजार र एसियन मुलुकबाट ६ हजार पर्यटक नेपाल भित्रिएको बोर्डले जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप