जनप्रतिनिधिले गलत काम गरे छानबिन समिति गठन गर्नुपर्छ : प्रदीप पौडेल

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले जनप्रतिनिधिले गलत काम गरे नागरिक अगुवा सम्मिलित छानबिन समिति गठन गर्नुपर्ने बताएका छन् । काठमाडौँ निर्वाचन क्षेत्र नं ५ विशालनगरमा बुद्धिजीवी तथा पेशागत समूहले आज आयोजना गरेको ‘वृहत् अन्तरक्रिया तथा साक्षात्कार’ कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
नेता पौडेलले पाँच वर्षका लागि निर्वाचित सांसद गलत काममा मुछियो भने फिर्ता बोलाउन पाउने व्यवस्था हुनुपर्ने बताए । उनले निर्वाचन जितेको एक वर्षभित्र जनताको समस्या समाधान गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । एक वर्षभित्र बाटोघाटो, खानेपानी, स्वास्थ्यलगायतका समस्या समाधान गर्ने उनको भनाइ छ ।
उनले काठमाडौँ निर्वाचन क्षेत्र नं ५ का जनताको समस्या थाहा पाउन ‘सांसद एप’ निर्माण गर्ने बताए । “सांसद एपमार्फत् समस्या छिटो थाहा हुने भएकाले तत्काल समाधान गर्न सकिन्छ”, उनले भने ।
पौडेलले सांसद विकास कोषको पैसालाई कहाँ लगानी गर्ने भन्नेबारे नागरिक अगुवा समिति निर्माण गर्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुराँससँग रमाउन रायराँयकोटमा पर्यटक
-
बक्सअफिसको निष्पक्षतामा प्रश्न, सूचीबाट किन गायब भए फिल्म ?
-
केपी ओली कप क्रिकेट प्रतियोगिताको उपाधि गण्डकी हिरोजको पोल्टामा
-
आरआर क्याम्पसमा यथाशीघ्र स्ववियु निर्वाचन गराउन उच्च अदालत पाटनको आदेश
-
बारामा कार र टिपर ठोक्किँदा दुई जनाको मृत्यु
-
विवाह भइरहँदा बेहुलाले बेहुलीलाई गाली गरेपछि...