अब नयाँ शक्तिको अप्रेशन हुन्छ : गङ्गा श्रेष्ठ (अन्तर्वार्ता भिडियोसहित)
ठूलो तामझामसहित दशरथ रंगशालाबाट नयाँ शक्ति पार्टी नेपालको घोषणा भयो । तर, त्यसपछि संगठनले गति लिन सकेन । बरु, भएको संगठन पनि भत्किदै गयो । यो वीचमा नयाँ शक्ति आफैले पनि विभिन्न राजनीतिक प्रयोग गर्यो । चुनाव अगाडि अन्तिम समयमा बामगठबन्धनसँग सहकार्य तोडियो र काँग्रेस र नयाँ शक्ति मिलेर केही ठाँउमा चुनाव लडे । प्रत्यक्षतर्फ पार्टी संयोजक डा.बाबुराम भट्टराईले गोरखा–२ बाट चुनाव जितेपनि समानुपातिक तर्फ थ्रेस होल्ड अर्थात मत सीमा कटाउन सकेन । फलत, नयाँ शक्ति राष्ट्रिय पार्टी बन्न सकेन । यस्तो अबस्थामा नयाँ शक्तिको अवको विकल्प के ? लगायतका विषयमा नेत्र पन्थीले नयाँ शक्ति पार्टी नेपालको नेता गङ्गा श्रेष्ठसँग गरेको कुराकानी ।
तपाईंले मत परिणाम आउँदै गर्दा ‘पाप धुरीबाट कराउँछ’ भन्दै स्टाटस लेख्नुभयो । दुईजना नेताहरूको फोटा हाल्नुभयो वामदेव गौतम र नारायणकाजी श्रेष्ठको, के भन्न खोज्नुभएको हो र के गल्ती गर्नुभएको थियो, उहाँ दुई जना नेताहरूले ?
त्यो कुरा स्टाटस पढ्नेले बुझ्नु भयो होला । तर सोध्नुभयो, ठीक छ । यो देशमा निर्वाचन नजिकिँदै गर्दा गठबन्धनको प्रक्रिया अगाडि बढ्दै थियो । त्यसमा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति नेपाल थियो । नयाँ शक्ति नेपाल चुनावमा जाँदासम्म व्यवहारबाट गठबन्धनबाट अलग्गिएको तर वैचारिक रूपमा अलग्गी नसकेका थियौँ । हामी चुनावमा गयौँ ।
अहिले गठबन्धनले जुन सफलता पायो, त्यसको जस लिने माओवादी केन्द्र र एमालेका नेता नारायणकाजी र वामदेव गौतम सूत्रधार हौँ भन्दै हुनुहुन्छ । होला उहाँहरू सूत्रधार नै हो तर उहाँहरूले जसरी सबैलाई समेटेर जानु पर्ने थियो, जति सहज उदार हुनु पथ्र्यो, त्यो देखिनँ । एउटा कार्यदलको बैठक थियो । म नयाँ शक्तिको सदस्यको हैसियतले म पनि बैठकमा सहभागी थिएँ । जसरी वामदेव गौतमले जस्तो व्यवहार गर्नुभयो, त्यो सहज थिएन । उहाँको मनोदशा ठीक थिएनँ ।
हामी त समाजवाद ल्याउने, समग्र पार्टी एकता गरेर कसरी अगाडि बढ्ने भन्नेमा छलफल हुनुपथ्र्यो । आन्दोलन कसरी अगाडि बढाउने भन्ने कुरा मुख्य थियो ।
जसरी गोरखाको क्षेत्र नं २ मा नयाँ शक्तिका संयोजक बाबुराम भट्राई र नारायणकाजी श्रेष्ठ प्रतिस्पर्धामा जानुभयो । हामी चाहन्थ्याँै, यी दुवै नेताहरू यो देशका लागि आवश्यक थियो ।
स्टाटसले दिन खोजेको सङ्केत थियो नयाँ शक्तिलाई गठबन्धनबाट बाहिर हटाउने भूमिका खेल्नुभएको थियो कि प्रष्ट भाषामा भन्नुपर्दा के हो ?
वामदेव गौतमको बुझाइ वाम भनेको एमाले र माओवादीमात्र हुन् । ६० र ४० को भागबण्डा हो । अरू कोही वाम छैनन् भन्ने थियो । नाराणकाजी श्रेष्ठले गोरखाको २ नं. क्षेत्र बटमलाइन मान्नु भयो । अहिले परिणाम सबैलेदेखि हाल्नुभएको छ ।
त्यस्तो कुनै तस्बिर छ, नयाँ शक्तिलाई वैठकमा गरेको अपहेलना ?
शीर्षस्थ नेतृत्वसहितको वैठक बसेको थियो । त्यो बैठक निर्वाचन क्षेत्र सम्बन्ध बनेको कार्यदलको वैठक थियो । प्रचण्ड, केपी ओली र म पनि सहभागी थिएँ । वैठकमा ओली र प्रचण्ड बोल्नुभयो । त्यसपछि वामदेव गौतम बोल्नुभयो । उहाँले त अब बाँडफाड हामी ६० र ४० को कन्सेप्टमा गर्ने हो भन्नुभयो । मैले यस्तो होइन होला भने । ६ बँुदे बनेको बुँदा न. ४ मा नयाँ शक्तिलगायतका अन्य शक्तिहरू भनेको छ । त्यो वाक्यांश त्यतिकै त राखेको हैन होला भने । प्रचण्ड र ओलीले जे लेखेको छ त्यो सही हो भन्नुभयो । तर गौतमले भने नयाँ शक्तिको फलानो किन बसेको छ जस्ता अभिव्यक्ति दिए । अनि ६० र ४० हो अरू थाह छैन भने । सहभागी भएको सदस्यलाई यस्तो व्यवहार ठीक होइन ।
उहाँहरुका लागि समस्या बाबुराम थिए कि नयाँ शक्ति ?
समस्या न बाबुराम हुन् न नयाँ शक्ति नै । खासगरी यो देशमा समृद्धि चाहेका छौँ । त्यो समृद्धि राजनीतिबाट हुन्छ । त्यो कार्यकारी राष्ट्रपति भएपछि आउँछ । त्यसका लागि निर्वाचना दुई तिहाइ ल्याएर संविधान संशोधन गरेर मात्र प्राप्त हुन्थ्यो । यसमा तीन दलहरू मात्र होइन । विचार मिल्ने धेरैको गठबन्धन हुन सक्थ्यो । ह्यदेश त्रिपाठी आइसक्नुभएको थियो । अन्य दलहरू हुनसक्थे । समृद्धिको राजमार्ग कोर्न आएका हौँ । ठूलो ध्येयका साथ आएका हौँ । पछि भनियो बाबुरामले गोरखाको २ नं क्षेत्र बटमलाइन बनायो भनियो तर त्यो पनि होइन । हो, दुई चार महिना पहिला भन्नु भएको हो गोरखा क्षेत्र नं २ मा उठ्छु । तर ४ नं. बुँदामा जे भनिएको छ त्यो हुनुपर्यो भनेका हौँ । नयाँ शक्तिलगायतका शक्ति भनेको थियो । त्यसको त सम्बोधन हुनुपथ्र्यो नि । हामीले भोटर भइदिनुपर्ने ? उहाँहरूले हामीलाई केही नदिने ?
वामगठबन्धनबाट बाहिरिनुको टर्निङ प्वाइन्ट के हो ?
खासगरी भन्नुपर्दा जसरी ६० र ४० को भागबण्डा भयो, हाम्रा पनि केही अपेक्ष थिए । तर, त्यो अपेक्षको सम्बोधन हुने देखिएन । दस्तावेजमा लेखेर त्यत्रो पत्रकार सम्मेलनमा भनेका कुराहरू पनि लागू नहँुदा त्यहाँबाट बाहिरिनुको विकल्प रहेन । उहाँहरू षडयन्त्रपूर्ण शैलीमा जाने देखियो । आफैले लेखेको कुराको मसी सुक्न नपाउँदै बेइमानी गरेपछि यो यात्रा अगाडि जान्छ भनेर सहज रूपमा लागेन । एकल रूपमा चुनावमा जानुको विकल्प रहेन ।
गोरखका २ को चुनावी मैदानमा भट्टराई र श्रेष्ठ उत्रनुभयो । यो परिस्थिति कसरी सृजना भयो जब कि दुवै जना सुरक्षित हनुसक्ने विकल्प थियो ?
यदि गठबन्धन रहेको भए अवस्था फरक हुन्थ्यो । सही रूपमा अगाडि बढाउन सकेको भए यो समस्या आउँदैन थियो । भट्टराई पूर्वप्रधानमन्त्री, नयाँ शक्ति नेपालको संयोजक पनि हुन् । उहाँले केही महिना पहिला भन्नुभएको थियो कि म तपाईंहरूको माझमा आउँछु है । उहाँ प्रधानमन्त्री हुँदा नहुदा पनि महिनामा एक पटक गोरखा जानु हुन्थ्यो । त्यो निरन्तरता दिन्छु भन्नुभएका थियो । गठबन्धन बनेपछि पनि गोरखा २ भन्नुभएको थियो । तर सबै छलफल बास्केकटमा हालेर गर्न पाएको भए गोरखा २ नै भन्ने थिएन । अन्तिमसम्म आउँदा हामीले ५ सिटको प्रस्ताव गरेका थियाँै । हामीलाई यी यी क्षेत्रमा ५ वटा ठाउँ दिनु होस् भन्दा सुन्न चाहनु नै भएन । अनि स्वतः अलग भइयो । हामी भोटर मात्र बन्नुपर्ने भएपछि के गर्नु त । गोरखा श्रेष्ठले पनि प्रतिष्ठा बनाउनुभयो ।
वामगठबन्धनबाट बाहिरिएपछि काङ्ग्रेससँगको सहकार्य अनिवार्य बनेको हो ?
यो प्रतिष्ठाको कुरा होइन । हो भने पनि व्यक्तिको होइन, सिङ्गो संस्थाको हो । यो देशमा दुई गठबन्धन छैनन् । वामगठबन्धन मात्र हो, लोकतान्त्रिक गठबन्धन त छँदै छन् । हामीले गठबन्धन गरेका होइनौँ । हामीले सिटको भागबण्डा गरेका हाँै । गोरखा २ र रसुवामा सिट मागेका हो । यता वाममा हँुदा गठबन्धन नै हुन्थ्यो । तर उता विशुद्ध सिटमा गएका हौँ । सैद्धान्तिक र वैचारिक रूपमा काङ्ग्रेससँग जानु हुँदैन भन्ने थिएन । हामीले पार्टीको वैठकमा नै संविधानको अन्तर्वस्तुलाई मान्नेसँग मिलेर जान सक्छौँ भनेर भनेका थियौँ । त्यही अनुसार काङ्ग्रेससँग गएका हौँ । यो चुनावी तालमेल मात्र हो ।
काङ्ग्रेससँगको तालमेलमा वामलाई देखाइदिने कुरा कति थियो ?
हामीले के देखाउने ? उहाँहरूले जसरी जनमत पाउनुभएको छ । इगो राखेर अगाडि बढेका होइनौँ । हामीले चाहेका छौँ, ५ वर्षसम्म दिगो र स्थायी सरकार बनाएर समृद्धि ल्याओस् । बाबुरामको नेतृत्वमा मात्र समृद्धि हुनुपर्छ भनेको छैन । हामी सरकार बनाएपछि वामगठबन्धनले समृद्धि ल्याओस भन्ने चाहन्छौँ । जनताको जीवन स्तरमा परिवर्तन आउनुपर्छ ।
गोरखा २ मा नारायणकाजी श्रेष्ठ र बाबुराम भट्टराई लड्नु भयो । चुनाव अगाडि प्रचण्डले यसलाई कसरी लिनुभयो । इन्जोए गर्नुभयो वा तनाव, तपाईंसँग के सूचना छ ?
यो कुरा प्रचण्डजीलाई सोधे थाह हुन्छ । हामीलाई थाह छैन । हो यी दुई जनाले चाहेमा यो देशमा धेरै काम गर्न सक्नु हुन्छ । उहाँहरूमा इच्छा शक्ति भएमा उहाँहरू धेरै काम गर्न सक्नु हुन्छ । अहिले पनि । उहाँहरूमा इच्छाशक्ति चाहियो । हुटहुटी चाहियो । पार्टी एकता गर्न जति पहल गर्न सक्नुपथ्यो । तर हामी दुई जना इनअफ छौँ भन्ने ठान्नुभयो कि । उहाँहरूले प्रयत्न धेरै गर्नुभएन ।
मैले जान्न खोजेको, हस्तक्षेप गरेर गोरखा २ बाट नारायणकाजी श्रेष्ठलाई अर्को विकल्प रोज्नु होस भनेर प्रचण्डले भन्न सक्नुहुन्थ्यो नि ?
सक्नु हुन्थ्यो नि । अझ प्रभावकारी बनाउनुभएको भए ठाउँ थियो ।
चुनवामा नयाँ शक्तिले तामझाम गर्यो । हाम्रा मुद्दा फ्रेस छन् भन्नुभयो तर परिणाम त्यसको विपरीत भयो, किन होला ?
चुनावलाई मात्र आंशिक रूपमा हेर्दा मात्र हाम्रो पार्टीको समीक्षा पूर्ण हँुदैन । १८ र १९ गते पोखरामा समीक्षा बैठक राखेका छौँ । त्यसमा पार्टी स्थापनादेखि अहिलेसम्मको समीक्षा हुन्छ । अर्को हामीले तीनवटा निर्वाचन निरन्तर सामना गरेका हौँ । ती निर्वाचनको समीक्षाको विषय बन्छ । भोट नआएको कुरा दुई शब्दमा पूरा हुन्छ । पहिचानको सङ्कट भयो । साङ्गठनिक, वैचारिक रूपमा, राजनीतिक रूपमा, शक्ति आर्जनमा, व्यवस्थापकीय पक्षमा पनि देखियो । पहिचानको सङ्कट देखियो । यो भोट त धेरै हो, ८२ हजार ।
तपाईंले नयाँ शक्ति आवश्यक छ, तर विकल्प दिन सकेनौँ भन्नुभयो । अब विकल्प दिनसकिन्छ भन्ने छ कि साइड लागेर सेफ ल्यान्डिङ गर्नु हुन्छ ?
विकल्प दिनुपर्छ । भागेर को कहाँ पुग्छ । इतिहासको आवश्यकतालाई सही रूपमा बुझ्ने नेता नै सही हुन्छ । इतिहासमा ठूला ठूला पार्टीहरू साना भएका र साना साना पार्टी ठूला भएका छन् । म माओवादी पार्टी निमार्णमा सहभागी भएको हुँ । त्योभन्दा अगाडि मसाल निमार्णमा सहभागी हुने मौका पाएँ । अहिले नयाँ शक्ति निमार्ण अभियानमा छु । यो असम्भव भन्ने होइन, सम्भव छ । पार्टी स्थापना भएको दुई वर्ष भएको छ । जीवनमा मैले तीनवटा पार्टी निमार्णको अनुभव सँगालेको छु । एक वर्ष हुँदा स्थानीय तहको निर्वाचन फेस गर्यौँ । हामीलाई चुनाव चिन्ह दिएन । षड्यन्त्र गर्यो । त्यसलगतै प्रदेश र सङ्घको निर्वाचन भयो । भाग्ने ठाउँ थिएन, फेस गर्यौँ । हाम्रो पहिचानलाई सङ्कटमा पारेकै हो । त्यही कारण अँध्यारोमा कसैले पनि भोट त दिँदैन नि ।
तपाईंहरूले मधेसका मुद्दा, पश्चिम तराईमा थारुका मुद्दा प्रमोट गर्नुभयो तर, त्यही ठाउँबाट भोट आएन ? ठूलो समस्या त यो भएन र ?
हामीले ५ स भनेका छौँ । यस्तो भन्दा जनता अलमलमा हुन्छन् । सामान्य मतदाता विचारको कुरा, सिद्धान्तको कुरा जान्दैनन् । आम मतदाता काङ्ग्रेस, कम्युनिस्ट, राज भनेर बुझ्छ । भारत, मधेस भने बुझ्छ । तर नयाँ शक्ति भनेर चिन्दैनन् । यसका लागि समय लाग्छ । काङ्ग्रेस भन्दा ०७ सालमा राणाविरुद्ध लड्ने पार्टी भन्छ । कम्युनिस्ट पार्टी भनेपछि समानताको पक्षमा लड्ने पार्टी । हामीले समृद्धि भनेका छौँ । यो त समाजमा स्थापित भएको छैन । यसको विम्ब नै निमार्ण भएको छैन । ५ स भन्दा कुन प्रमुख कुन साहयक भन्ने भएको छैन । सूर्यको प्रकाशले घर जल्दैन तर लेन्स लगायो भने आगो निस्कन्छ । हामीले समावेशी समानुपातिकको, समृद्धिको कुरा उठाएको छ । तर, यहाँ कहाँ के मुद्दा उठाउने भन्ने भएन । पहाडकाले सोच्छन् पहिचानको मुद्दा नउठाए पनि हुने थियो । हामीले वाम लोकतान्त्रिक भन्यौँ । यो कसैले बुझ्दैन । वाम भनेको कुम्युनिस्ट त होइन नि । लोकतान्त्रिक भनेपछि काङ्ग्रेस बुझ्छौँ । हामीले सहभागीतामूलक लोकतन्त्र बनाउने भनेका हौँ ।
पार्टीले प्रयोग गर्दा केही गल्ती गर्यो कि ?
यसको समीक्षा त समीक्षा वैठकमा होला । यहाँ मेरा व्यक्तिगत धारण हो । म इमानदारीतामा भन्न चाहन्छु कि गल्ती भएको छ । यो जानी जानी होइन अनुभव प्राप्त गर्ने सन्दर्भमा भएको हो । सङ्गठनात्मक गल्ती भयो । पार्टी निमार्ण ठूलो मात्रामा गर्यौँ । पार्टी घोषणा कार्यक्रममा केपी ओलीलगायतका धेरै नेताहरू आउनु भयो । ओलीले एक शब्द भन्नुभयो ‘नयाँ शक्तिले एमालेबाहेक सबैलाई खान्छ’ भन्नुभयो । ओ हो हामी त ठूलै भयौँ भन्ने सबैमा लाग्यो । अबको निर्वाचनमा तेस्रो पार्टी त हुन्छौँ भन्ने भयो । त्यसपछि सहसंयोजकको भर्ती भयो । सहसंयोजक बनाउन भनेर त भनेको थिएन राष्ट्रिय भेलाले । तर बाध्य भयौँ बनाउन ।
यसमा विस्तारै प्रयोगमा लाग्यौ पार्टीको सङ्गठन प्रयोगशाला बनायौँ । सामूहिक नेतृत्वमा समस्या आयो ।
शक्ति आर्जन गर्ने कुरामा पनि समस्या आयो । आउने चुनावमा हामी ठूलो भइहाल्छौँ भन्नेमा पुगेका थियौँ ।
समृद्धिको नेतृत्व दिन खोजेका हौँ । तर यहाँ अर्कै ठाउँमा पुगेका थियौँ । यो एक वर्ष दुई वर्षमा हुनेवाला थिएन । पार्टीलाई समाल्ने अवस्थामा नै भएनौँ । सत्ताका लागि हुने छिना झम्टी भयो ।
तपाईंको पार्टी १० गतेभित्र जिल्लाहरूबाट रिपोर्ट माग्नुभएको थियो चुनाव हार्नुका प्रारम्भिक रिपोर्ट के आएको छ ?
रिपोर्ट आइरहेका छन् भोली बेलुकासम्म सबै रिपोर्ट आइसक्छन् । जे हो त्यो कुरा रिलाइजेसन गर्न सकिन्छ ।
अलिअलि अन्तर्घात भयो भन्ने छ नि के हो ?
ठूलो पार्टीहरूको जसरी त भएनन् । तर पनि केही ठाउँमा भए कि । कहीँ कतै अफर आउँदा त्यतातर्फ लागे कि भन्ने छ । जति खरो रूपमा लाग्नु पर्ने थियो त्यति खरो रूपमा लागेको देखिएनन् ।
डा. भट्राई सङ्गठनको प्रमुख हुन्, त्यति योग्य मान्छे होइनन् । चलाउन सक्नु हुन्न भन्ने माओवादी आन्दोलनमा पनि आरोप लाग्थ्यो । पछिल्लो दुई वर्षमा भट्राईले त्यो म्यानेज गर्न सक्नुभएन भन्दा के हुन्छ ?
प्रयत्न गर्दागर्दै नभएको हो । हामी नितान्त नयाँ बाटो खनिरहेका छौँ । उहाँले प्रयत्न नै गर्नु भएन म भन्दिनँ । बनिबनाउ वैकल्पिक हुँदैन । बाटो खन्ने समयमा कैयाँै पकट एक्सिडेन्ट हुन्छ । कहिले काहीँ त इन्जिनियर नै एक्सिडेन्ट हुन सक्छ । अरू कुरा पहिला नै भनिसकेको छु । साङ्गठनिक हिसाबले अप्ठेरो, वैचारिक हिसाबले अप्ठ्यरो । मान्छेले भन्छन्–फोरम नजिक किन गएका अनि किन वाम गठबन्धनमा गएको र अनि पछि किन काङ्ग्रेसमा गएको । हामीमा हिँड्ने तरिकाले शक्ति आर्जन गर्ने कुरा लुकेर रहेको रहेछ । सङ्घीय समाजवादीसँग पार्टी एकता गर्ने भनेर गयौँ । अनि वामगठबन्धनमा पनि गयौँ । यो सबै शक्ति आर्जन गर्नलाई हो ।
यो पार्टीभित्र सबै जात मिल्ने छैनन् । यो भनेको कम्युनिस्टले भने जस्तो वर्ग छैन । राजनीतिलाई अन्तिम विकल्प मानेर यहाँसम्म पुगेका पनि छन् राजनीतिलाई विकल्प ठानेर आएका पनि छन् ।
रेलको जनरल डिब्बा जस्तो भयो । आउँछ स्वागत गरेका हाँै । ल्याउने कुरा गलत होइन । उसको प्रतिबद्धता खोजी गर्नुपथ्र्यो । हामी सबैलाई ल्याएर नेता बनउने तर्फ लाग्याँै । यसले कहीँ न कहीँ समस्या ल्यायो ।
राष्ट्रिय पार्टी बन्ने, राष्ट्र मुद्दामा हस्तक्षेपकारी भूमिका निभाउने ठाउँ रहने नयाँ शक्तिका चुनौती के के हुन् ?
नयाँ शक्तिको चुनौती भनेको नयाँ बन्ने चुनौती हो । शब्दमा मात्र होइन, उपदेश भएर होइन, आदेशक भएर होइन । आफ्नो जीवन व्यवहारमा लागू गरेर हो । सबभन्दा पहिलो चुनौती नयाँ शक्तिका लागि नयाँ बन्नु हो । अर्को नयाँ शक्तिलाई शक्ति आर्जन गरेरसत्तामा पुग्नुपर्छ भन्ने थियो । तर जनताले हतार नगर सङ्गठन बनाउने वैचारिक रूपमा स्पष्ट हुने ।
राष्ट्रिय राजनीतिमा हाम्रो भूमिका हुन्छ । कुनै समयमा भारतमा चन्द्रशेखरले भाषण गर्ने भनेपछि सास बन्द गरेर सुन्थे । अटलविहारीले भाषण गर्दा पनि त्यही गर्थें । हाम्रो संयोजक भट्टराईले पनि जित्नु भएको छ । उहाँले आफ्नो भूमिका निभाउनु हुने छ । उहाँको चर्चा परिचर्चा भएको छ । अर्थमन्त्री बन्नुपर्यो भनेर । यो पाँच वर्षमा सङ्गठन र विचारमा लाग्ने छौँ ।
पोखरा वैठकले यो रोडम्याप ल्याउँछ कि जटिलता थप्छ ?
जटिलताभित्र सरलता खोज्ने हो । मेडिकल भाषाको शब्दा सापटी लिएर भन्दा डाइगोनिस गर्ने वैठक हुने छ । त्यसको लगतै एक महिनाभित्र महाधिवेशन नभएको अवस्थामा केन्द्रीय परिषदको बैठक बसेर अप्रेशन गर्छौं ।
डा. ठीक परेन भने त समस्या हुन्छ त अप्रेसन गर्न ?
डा यहाँ आउँदासम्मको अनुभवले धेरै खारिएका छन् । योग्य छन् । सही तरिकाले सर्जरी गर्छौं र बिमारी ठीक पार्छौं ।
अचानक डा. र उपेन्द्र यादवबीच भेट भयो, पहिला एकता गर्ने भनेर जानुभयो तर त्यो भएन । अहिले भेट्नुपर्ने मुद्दा के थियो र ?
उहाँले उपेन्द्रलाई मात्र भेट्नु भएको होइन । अरू नेताहरूलाई पनि भेट्नु भएको छ । यसको उद्देश्य राष्ट्रिय सभाको विषय होला । काङ्ग्रेस एकल सङ्क्रमणीय सिद्धान्त अनुसार जाऔँ । एमाले भन्दै छ बहुमतीयमा जाआँै । उपेन्द्र र हामी एकल सङ्क्रमणीय रूपमा जाआँै भन्ने छ । यस कारणले भेटघाट भएको हो । पार्टी एकता नै हुने गरी भेटघाट भएको हो भनेर बुझ्नु भएन । विचार मिल्नेसँग पार्टी एकता पनि हुन्छ । यो दोस्रो वर्ष हो । बाँकी तीन वर्षमा चुनावको तयारी गर्छौं ।
अबको विकल्प समृद्धिको मुद्दालाई कार्यान्वनय गर्ने कि प्रतिपक्षको बेन्चमा काङ्ग्रेससँग बसेर सरकारलाई खबरदारी गर्ने वा साना दलहरूसँग मिलेर चुनावमा जाने अथवा आफ्नै बलबुतामा अगाडि बढने ?
हाम्रो सोचाइ के छ भने एक वर्ष विग्रेको पार्टी समाल्छौँ । अर्को वर्ष विचार मिल्नेसँग फोरम बनाएर जान्छौँ र पार्टी एकता पनि गर्छौं । अरू तीन वर्ष आफ्नो शक्ति चुनावको तयारीमा लाग्छौँ ।
वाम गठबन्धनले समाजवाद उन्मुख राज्यव्यवस्था बनाउने भनेर लेखे त्यही अनुसार भोट पनि मागे चुनाव जिते । शक्तिका लागि जे पनि गर्ने नेताहरुको सोच छ । यस्तोमा बामगठबन्धनले अगाडि सारेका नारा कति कार्यान्वयन होलान ? नयाँ शक्तिलाई कत्तिको विश्वास छ ।
अहिले नै नकारात्मक टिप्णी गर्दिनँ । तर अहिलेसम्मको सांस्कृतिक विरासत छ यसलाई ब्रेक नगर्ने हो भने नहुन सक्छ । यसलाई चुनावमा भनेजस्तो सजिलो पनि छैन । असम्भव पनि छैन ।
यो कार्यान्वयनमा नयाँ शक्ति भएको भए के हुन्थ्यो ?
यो हाइपोथेटिक कुरा त गर्नु भएन । तर संविधानमा जे लेखको छ, समाजवाद ल्याउने भनेर त्यो इमानदारीसाथ कार्यान्वनयमा लाग्थ्यौँ । हामी अन्य दुई शक्तिबीच पुलको काम गथ्र्यौं ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मृत्युदण्ड पर्खिरहेका ३७ जनालाई बाइडेनले दिए राहत
-
सातदोबाटोमा जीवनराम भन्दा पहिला प्रहरी पुगेपछि अध्यक्ष पद हत्याउने योजनामा धक्का
-
सेना र प्रहरीको अस्पताल सर्वसाधारणलाई खुला गर्न कार्यदल गठन
-
सर्वसाधारणका लागि खुल्यो चुरियामाई सुरुङमार्ग (तस्बिरहरु)
-
बाजुराका भूकम्प पीडितको पुनर्स्थापना गर्ने कांग्रेस–एमाले संयन्त्रको निर्णय
-
इनफिनिक्सद्वारा बम्पर पुरस्कार हस्तान्तरण