शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

बागलुङमा कैदीबन्दी, सुरक्षाकर्मी र कर्मचारीलाई अस्थायी मतदान केन्द्र

शनिबार, १९ कात्तिक २०७९, १४ : १३
शनिबार, १९ कात्तिक २०७९

कारागारका कैदी बन्दी र चुनावमा नखटिने सुरक्षाकर्मी तथा निजामती कर्मचारीका लागि यहाँ दुई अस्थायी मतदान केन्द्र तोकिएको छ । कारागार र जिल्ला समन्वय समितिको कार्यालयमा मतदान केन्द्र रहने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

मतदाता नामावलीमा नाम भएका कैदीबन्दीलाई कारागारबाटै मतदान गर्ने व्यवस्था गरिएको जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले बताए । चुनावमा नखटने कर्मचारी, सुरक्षाकर्मीलगायतले जिससमा रहने अस्थायी मतदान केन्द्रबाट मतदान गर्ने उनको भनाइ छ ।

“चुनावमा खटिएका कर्मचारी, सुरक्षाकर्मीले सम्बन्धित मतदान केन्द्रबाटै मतदान गर्नुहुन्छ भने बाँकीले सदरमुकाममा तोकिएको अस्थायी मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाइएको छ”, जिल्ला निर्वाचन अधिकारी रिजालले भने । उनका अनुसार त्यसरी मतदान गर्नेले प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ मात्र मत दिन पाउनेछन् । अस्थायी मतदान केन्द्रमा तीनजना कर्मचारी खटिनेछन् । जिल्लाभर स्थायी मतदान केन्द्रको सङ्ख्या भने दुई सय ३१ रहेको छ । मतदानस्थल एक सय छवटा छन् ।

मतदानको दिन आउन १५ दिन बाँकी रहँदा राजनीतिक दलदेखि निर्वाचन आयोग र सम्बद्ध निकाय चुनावको तयारीमा जुटेका छन् । दल र उम्मेदवार मतदाता रिझाउन तल्लीन छन् । सुरक्षा योजनालगायत चुनावको व्यवस्थापकीय तयारीका कामलाई पनि तीव्र पारिएको छ । मतदान र त्यसपूर्व चाहिने सबै निर्वाचन सामग्री जिल्लामा आइपुगेको निर्वाचन कार्यालयले जनाएको छ ।

कर्मचारी, सुरक्षाकर्मीको खटनपटन, तालिमलगायतका काम भइरहेको छ । मतदाता शिक्षाका लागि वडास्तरमा स्वयम्सेविका खटिएका छन् । सबै मतदान केन्द्रमा गरी १८ सय ५७ जना कर्मचारी र नौ सय ३० स्वयंसेवक खटिनेछन् । एउटा मतदान केन्द्रमा आठजना कर्मचारी परिचालन गरिनेछ । 

सङ्घतर्फ दुई निर्वाचन क्षेत्र रहको यस जिल्लामा कुल एक लाख ९२ हजार दुई सय २६ मतदाता छन् । १ नं क्षेत्रमा ९६ हजार ६ सय ६५ र २ नं मा ९५ हजार पाँच सय ६१ मतदाता छन् । प्रदेशतर्फ १ को ९१० मा ५० हजार पाँच सय ८० र (२) मा ४६ हजार ८६ मतदाता रहेका छन् ।

२ (१) मा ५४ हजार तीन सय ३४ र २ (२) मा ४१ हजार दुई सय २७ मतदाता छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि दलका केन्द्रीयस्तरका नेतासहित जिल्लाका ३१ उम्मेदवार चुनावी मैदानमा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप