अफगानिस्तान बाहिरिँदा नाबीले दिए कप्तानबाट राजीनामा
शनिबार, १९ कात्तिक २०७९, १२ : ४५

मोहम्मद नाबीले अफगानिस्तानको कप्तान पदबाट राजीनामा दिएका छन् । आईसीसी विश्वकप क्रिकेटको सुपर १२ बाट अफगानिस्तान बाहिरिएसँगै उनले कप्तान पदबाट राजीनामा दिएका थिए । यसअघि रासिद खानले पनि एसियाकप सुरु नहुँदै कप्तान पदबाट राजीनामा दिएका थिए ।
अष्ट्रेलियामा जारी टी–ट्वान्टी विश्वकपमा शुक्रबार अफगानिस्तान अष्ट्रेलियासँग पराजित भएको थियो । विश्वकपमा अफगानिस्तान जित विहीन रह्यो । अफगानिस्तानले ५ खेलमा ३ हार र दुई नतिजा विहीनको नतिजा निकाल्यो ।
अफगानिस्तान समूह १ को पुछारमा रह्यो । नाबीले विश्वकप अघि अफगानिस्तानको कप्तानी सम्हालेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईंको सचिवालयले भन्यो– आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण
-
माल्टामा नेपालको पर्यटन प्रवर्द्धन गर्ने पहल, ‘नेपाल डे’ मनाइँदै
-
पतिबाट बच्चा नहुने भएपछि जेठाजुसँग शारीरिक सम्बन्ध राख्न दबाब
-
टिकापुर बहुमुखी क्याम्पसमा नेविसंघका साउँद अध्यक्षमा विजयी
-
तीनकुने घटना : थप तीन जना प्रहरी नियन्त्रणमा
-
मुम्बई आक्रमणका अभियुक्त तहव्वुर राणाको सुपुर्दगी सफल : एनआईए