संविधान कार्यान्वयनसँगै आर्थिक विकास आवश्यक छ : नेता सिंह
शनिबार, १९ कात्तिक २०७९, १२ : १५
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान कार्यान्वयनसँगै आर्थिक विकासका लागि सत्ता गठबन्धनलाई मत दिन आवश्यक रहेको बताएका छन् ।
सङ्घीयता अनुसारको तीनै तहलाई अधिकार सम्पन्न गर्न संविधान अधिकारसूची अनुसार कानुन बनाउन आवश्यक रहेको उनको भनाइ छ । काठमाडौँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका सिंहले संसद्को एक कार्यकाल संविधान जोगाउनमा लागेको बताए ।
“संसद्को दुई कार्यकाल संविधान लेखनमा गयो, एक कार्यकाल संविधान जोगााउनै लाग्यो, अब कार्यान्वयनमा लैजानुपर्यो”, शनिबार भएको प्रचारप्रसार कार्यक्रममा उनले भने ।