बंगलादेशसँग खेल्दै नेपाल
शनिबार, १९ कात्तिक २०७९, १० : ५८

साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज शनिबार आफ्नो दोस्रो खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । बंगलादेशमा जारी प्रतियोगिताको दोस्रो खेलमा आयोजकलाई प्रतिस्पर्धी पाएको हो ।
ढाकामा हुने नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार दिउँसो ४ः१५ मा सुरु हुनेछ ।
बलियो टोली बंगलादेशसँग जित निकाल्दै नेपाल उपाधिमा आफूलाई बलियो सावित गर्ने योजनामा छ । नेपाल आज लगातार दोस्रो जितको खोजिमा हुनेछ । नेपालले बिहीबार भएको पहिलो खेलमा भुटानलाई ८–० गोलले हराएको थियो ।
नेपाल ३ अंक जोडेर दोस्रो स्थानमा छ । बंगलादेश ३ अंक जोडेर शीर्ष स्थान रहेको छ । च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ । डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति तथा कार्यक्रममाथिको ३७ संशोधन बहुमतले अस्वीकृत
-
सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित
-
आज पनि दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार १० अर्ब २० करोड
-
सरकारलाई प्रेस सेन्टरले बुझायो १५ बुँदे ज्ञापनपत्र
-
‘दक्षिण कोरियामा मौसमी कामदार पठाउने विषयमा सम्झौता गरिएको छैन, भ्रमपूर्ण विज्ञप्तिबाट सचेत रहनुस्’
-
सरकारी नीतिले समस्यामा बाँसजन्य स्वदेशी उद्योग, के चाहन्छन् उद्योगी ?