शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

इमरान खानका समर्थक इस्लामाबादको सडकमा, ट्राफिक व्यवस्था अस्तव्यस्त

शनिबार, १९ कात्तिक २०७९, १० : ५४
शनिबार, १९ कात्तिक २०७९

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको एक दिन पछि उनका समर्थकारीहरू सडकमा उत्रिर ट्राफिक व्यवस्थालाई अस्तव्यस्त बनाएका छन् ।

इस्लामाबाद प्रहरीले उनीहरूलाई सवारी साधनमा आगजनी नगर्न अनुरोध गरेको छ । इस्लामावाद प्रहरीले ट्विटरमा भनेको छ, 'प्रदर्शनकारीहरूले ट्राफिकलाई बन्धक बनाएका छन्। प्रदर्शनकारीहरूलाई सवारी साधनमा आगजनी नगर्न अनुरोध गरिएको छ। रावलपिंडी प्रशासनलाई रावलपिंडीको तर्फबाट ढुङ्गा प्रहार रोक्न बारम्बार अनुरोध गरिएको छ ।' 

इमरानलाई बिहीबार साँझ वजिराबादको अल्लाहवाला चोकमा पुग्दा गोली प्रहार गरिएको थियो । कन्टेनरमा रहेका खानको खुट्टामा गोली प्रहार भएको थियो । पछिल्लो घटनाक्रममा पञ्जाब प्रहरीले गोलीबारीमा सात जना घाइते भएको र एक व्यक्तिको मृत्यु भएको पुष्टि गरेको छ। यसैबीच, खानले आफूलाई चार पटक गोली हानेको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप