परिजिताको अर्को प्रस्तुति नोभेम्बर १४ मा
शनिबार, १९ कात्तिक २०७९, ०९ : २१
![परिजिताको अर्को प्रस्तुति नोभेम्बर १४ मा](https://rpcdn.ratopati.com/media/albums/parijita_Bg8DrhraM6.jpg)
अमेरिकी द भ्वाइसकी १७ वर्षीया परिजिता बास्तोलाको अर्को प्रस्तुति आगामी नोभेम्बर १४ का दिन प्रसारण हुने भएको छ । द भ्वाइसको २२ औ संस्करणमा छनौट भए पछि अहिलेसम्म आफ्ना प्रतिस्पर्धीहरूलाई हराई आफ्नो अहिलेसम्मको यात्रा सुरक्षित राख्न सफल भएकी छिन् ।
नोभेम्बर १४ का दिन प्रस्तुति समापन हुनासाथ मतदान प्रक्रिया सुरु हुनेछ र नोभेम्बर १५ का दिन केवल १३ जना मात्र प्रतिस्पर्धामा रहने छन् ।
हाल उनी क्यालिफोर्निया राज्यको लस एन्जेलसमा प्रशिक्षक जोन लेजेण्डको साथमा बन्द प्रशिक्षणमा रहेकी छिन् । गत सोमबार सम्पन्न प्रतिस्पर्धा ‘आई वुड रादर बि ब्लाइन्ड’ नामक गीत अत्यन्तै आकर्षित रूपमा प्रस्तुत गरेकी थिइन् ।