लघुकथा : घोषणापत्र
चुनाव नजिकिएसंगै धमाधम राजनीतिक दलहरुले आ–आफ्नो घोषणापत्र सार्वजनिक गर्न थाले । दलका जनवर्गीय संगठन, विभाग र विभिन्न क्षेत्रका विषय विज्ञसँग छलफल गरेर घोषणापत्र तयार गरेको भन्ने सुन्नमा आयो ।
सबै क्षेत्र र पेशा व्यवसायलाई समेट्ने गरी ५ वर्षे योजना घोषणापत्रमार्फत् आउने भयो । घोषणापत्रको नारामा राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र स्थिरता, आर्थिक सामाजिक रूपान्तरण र समृद्धि आदि इत्यादि तय गरियो ।
एकजना देशभक्तले सबै दलहरुको घोषणापत्र थाक लगाएर जतनले घरमा राख्यो । चुनाव भयो । जित्नेले जिते । सरकार बनाए । देशभक्तले खुब चाख दिएर घोषणापत्रले सबै विकास गरिदिन्छ भनेर विश्वास गरी दिनहुँ पढ्न थाल्यो ।
खेतीको बेला मल आएन । किन आएन, घोषणा पत्रमा पल्टाएर खोज्यो । रोजगारीको लागि दिनहुँ युवायुवतीहरु खाडी मुलुक र अन्यत्र मुलुकतिर किन जान बाध्य भए भनेर पत्ता लगाउन घोषणापत्र पल्टाएर खोज्यो ।
बिरामी हुँदा सिटामोल पनि किन किन्न पाइएन भनेर घोषणापत्रको पन्ना धुँइधुँइ पल्टाइ रह्यो । घोषणापत्र पढ्दा पढ्दै देशभक्तलाई देशको माया लाग्यो । अनि उसको घोषणापत्र प्रतिको विश्वास र उसले गरेका आशाहरु अब के हुन्छन् भन्ने उसलाई चिन्ता लाग्न थाल्यो ।
विडम्वना घोषणापत्र पढ्दा पढ्दै उसका आँखा रसाएर आए । घोषणापत्रको सबै आशा निराशामा परिणत भए ।
हालः लस एन्जेलस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोमान्टिक फिल्म खेल्न चाहन्छन् ‘एनिमल’का भिलेन
-
घुसकाण्डमा दोषी ठहर गोल्डमेडलिष्ट उपसचिव विरुद्धमा अख्तियार पुग्यो सर्वोच्च
-
३ लाख घुससहित पक्राउ परेका शाखा अधिकृतविरुद्ध मुद्दा दायर
-
‘न्यानो वसन्त महोत्सव : चीनको तिब्बतका बारेमा कुरा गर्दै’ कार्यक्रम सम्पन्न
-
दुई पटक सरेर माओवादी केन्द्रको बैठक स्थगित
-
नक्कली नोटसहित एक युवक पक्राउ