आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना
शनिबार, १९ कात्तिक २०७९, ०६ : ०४
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भूभागहरूमा आंशिक बदली रहेको छ।
आज दिउँसो प्रदेश १, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भूभागका थोरै तथा बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यी स्थानमा राति पनि हल्का वर्षाको सम्भावना रहेको छ ।
आइतबार देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतः सफा रहनेछ। प्रदेश १, गण्डकी प्रदेश , कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका पहाडी भूभागका थोरै तथा बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनील पौडेललाई ९ वर्ष कैद र जरिवानाको फैसला
-
अस्पतालबाट डिस्चार्ज हुने बित्तिकै काममा फर्किइन् भारती सिंह
-
चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
-
एक वर्षमा राष्ट्र बैंकले गर्यो ३ हजार ७६ उजुरीको सम्बोधन
-
एक महिना भित्र ऋण असुली न्यायाधिकरण गठन गर्छौ : सचिव दवाडी
-
‘पुजार सार्की’को ट्रेलरमा जातीय विभेदको कथा