तारकेश्वरमा मतदाता शिक्षा कार्यक्रम सुरु
काठमाडौँको तारकेश्वर नगरपालिकामा मतदाता शिक्षा कार्यक्रम सुरु भएको छ । तारकेश्वर नगरपालिकाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मतदातालाई सही मतदान गर्न सिकाउन आजदेखि मतदाता शिक्षा कार्यक्रम सुरु गरेको हो ।
नगरपालिकाका निर्वाचन सम्पर्क अधिकृत राजन फुँयालले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बदर मत सङ्ख्या घटाउन समुदाय र घरदैलो कार्यक्रममार्फत मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको जानकारी दिए ।
निर्वाचन आयोगद्वारा जारी मतदाता शिक्षा निर्देशिका, २०७९ बमोजिम नगरपालिकाले आफ्नै स्रोत र साधनमा सञ्चालन हुने उक्त कार्यक्रम नगरपालिकाका ११ वटै स्वास्थ्य चौकी तथा स्वास्थ्य केन्द्रबाट छनोट भएका महिला स्वास्थ्य स्वयम्सेविकाले मतदाता शिक्षा प्रदान गर्ने सम्पर्क अधिकृत फुँयालले बताए । तारकेश्वर नगरपालिकाले सो कार्यक्रम आजदेखि मङ्सिर १ गतेसम्म सञ्चालन गर्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाजी सोल्यूट गर्नेलाई अष्ट्रेलियामा अनिवार्य जेल सजाय
-
‘ओई माया ओई’मा श्रीदेव र अनामिकाको प्रेमकथा
-
यूएसएड बन्द हुँदा विश्वभर कहाँकहाँ पर्छ प्रभाव ?
-
उपत्यकामा १ जना प्रहरीको काँधमा २८५ नागरिकको सुरक्षा जिम्मेवारी
-
अध्यादेश पेस नभई सकियो राष्ट्रियसभा बैठक, आइतबार फेरि बस्ने
-
सत्येन्द्र र नेहामाथिको अत्याचारका विरुद्ध प्रदर्शन, तस्बिरहरु