आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

चीन र रुसले उत्तर कोरियालाई आणविक परीक्षण नगर्न मनाउन सक्ने अमेरिकाको विश्वास

शुक्रबार, १८ कात्तिक २०७९, २० : ५२
शुक्रबार, १८ कात्तिक २०७९

चीन र रुसले प्रयास गरे भने तिनले उत्तर कोरियालाई आणविक बम परीक्षण पुन नगर्न मनाउन सक्ने अमेरिकाको विश्वास रहेको, एक जना वरिष्ठ अमेरिकी अधिकारीले रोर्यटस्लाई बताएका छन् । 

नाम नछाप्ने सर्तमा रोयटर्स न्युज एजेन्सीसँग कुरा गरेका ती अधिकारीले अमेरिकाले मे महिनादेखि नै उत्तर कोरियाले सन् २०१७ पछि पहिलो पटक परमाणु परीक्षण सुचारु गर्न लागेको भन्दै आएको तर परीक्षण कहिले हुनेछ एकिन नभएको बताए । दक्षिण कोरियाले पनि महिनौंदेखि उत्तर कोरियाले सातौं आणविक परीक्षण गर्न लागेको चेतावनी दिएको छ । संयुक्त राष्ट्र संघको आणविक पर्यवेक्षकले गत हप्ता प्योङयाङ परीक्षणको तयारी गरिरहेको बताएको छन् । 

वाशिंगटन रुस र चीनले उत्तर कोरियालाई परीक्षणको लागि निरूत्साहित गरेको हेर्न चाहेको ती अधिकारीले बताए । विशेषतः परीक्षणबारे वरपरका क्षेत्रीय मुलुक, त्यसमा पनि विशेष चीन र रुसको दृष्टिकोणप्रति उत्तर कोरिया संवेदनशील भएकाले रुस र चीनले सक्रियता बढाउनुपर्ने अमेरिकाको राय छ । अमेरिकाले यस विषयमा संयुक्त राष्ट्र सुरक्षा परिषदको बैठक बोलाउन आग्रह गरेको छ । मस्को र बेइजिङलगायत पाँच भिटो शक्ति भएका १५ सदस्यी सुरक्षा परिषदमा अमेरिकाले उत्तर कोरियाको पछिल्लो मिसाईल परीक्षणबारे छलफल गर्न माग गरेको छ । 

सुरक्षा परिषदले विगतमा उत्तर कोरियालाई परमाणु परीक्षण र ब्यालिस्टिक मिसाइल प्रक्षेपण गर्न प्रतिबन्ध लगाएको छ । तर पछिल्ला दिन उत्तर कोरियाले मिसाईल प्रक्षेपण निकै बढाएको छ । गत बुधबार उसले एक्कै दिनको हालसम्मकै धेरै मिसाईल प्रक्षेपण गर्यो । त्यसको भोलिपल्ट उसले प्रहार गरेका तीन मिसाईलमध्ये एक अन्तरमहादेशीय ब्यालेष्टिक मिसाईल भएको बताइएको छ । उत्तर कोरियाले भने अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासको विरोधमा यी परीक्षण गरेको बताएको छ । 

तर फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि बढेको असमझदारीमाझ सुरक्षा परिषदमा उत्तर कोरियासँग कसरी व्यवहार गर्ने भन्ने आम सहमति बन्न सकेको छैन । यसबीच मे महिनामा पनि रुस र चीनले प्योङयाङलाई नयाँ ब्यालेस्टिक मिसाइल परीक्षणका लागि थप प्रतिबन्ध लगाउने अमेरिकी प्रस्ताविरुद्ध भिटो प्रयोग गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप