आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

दार्चुलाबाट एमालेको ‘राष्ट्रिय चुनावी अभियान शुभारम्भ’

शुक्रबार, १८ कात्तिक २०७९, २० : ४४
शुक्रबार, १८ कात्तिक २०७९

नेकपा (एमाले)ले सुदूरपश्चिमकी दार्चुलाबाट निर्वाचन प्रचार अभियान देशव्यापीरुपमा शुभारम्भ गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले दार्चुला सदरमुकाम खलङ्गामा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै राष्ट्रियता, कालापानीको भू–भागको संरक्षण र पछाडि परेको क्षेत्रको विकास गर्नका लागि चुनावी अभियान सुरु भएको घोषणा गरे ।

निर्वाचन राष्ट्रिय अभियानको सुरु गर्न बिहीबार अध्यक्ष ओली धनगढी पुगेका थिए । उनले आज बैतडी र कञ्चनपुरमा आयोजना हुने चुनावीसभालाई पनि सम्बोधन गरेको पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिव गगन विष्टले जानकारी दिए ।
 
निर्वाचन आयोगको आचारसंहिताअनुसार दोस्रो चरणको निर्वाचन प्रचारप्रसार बिहीबारदेखि सुरु भएको छ । निर्वाचन अभियानको पहिलो चरणदेखि नै उम्मेदवार जनताको घरदैलोमा पुगिरहेका छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारले आफ्नो पक्षमा मत प्राप्त गर्न जनताको मन जित्न विभिन्न प्रयासमा लागिरहेका छन् ।
 
निर्वाचन आयोगको आचारसंहिता, २०७९ को दफा १३ अनुसार मतदान हुने दिनभन्दा १७ दिन अघिदेखि मात्र जुलुस, आमसभा, कोणसभा गर्न पाइने भएकाले बिहीबारदेखि दोस्रो चरणको चुनावी प्रचार अभियान सुरु भएको हो । आगामी निर्वाचनमा एक करोड, ७९ लाख ८८ हजार पाँच सय ७० मतदाताले भाग लिँदैछन् । त्यसमध्ये महिला ८८ लाख ४७ हजार पाँच सय ७९ र पुरुष ९१ लाख ४० हजार आठ सय छ रहेका छन् भने अन्य एक सय ८५ रहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप