अछाम-१ का स्वतन्त्र उम्मेदवार बोगटी एमालेमा प्रवेश
अछाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार महेन्द्रबहादुर बोगटी नेकपा एमाले प्रवेश गरेका छन् । उनलाई एमाले प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा जिल्ला इन्चार्ज झपट बोहराले स्वागत गरेका हुन् ।
स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचन प्रचार–प्रसारमा रहेका बोगटीले देशको परिवर्तन एमालेबाट मात्रै सम्भव रहेको भन्दै आफू एमालेमा समाहित भएको बताए । उनले सत्य र शक्ति एमालेमा मात्रै रहेको र आफ्नो एजेन्डाहरू एमालेसँग मिल्दाजुल्दा भएकाले आफू एमालेमा समाहित भएको बताए । उनले मुलुकको परिवर्तन एमालेबाट मात्रै सम्भव भएको दाबी गरे ।
विगतमा आफ्नो लागि मत मागिरहेको बताउँदै उनले आगामी दिनमा एमालेको उम्मेदवारलाई जिताउन लागिपर्ने बताए । स्वतन्त्र उम्मेदवार बोगटीलाई एमाले प्रवेश गराउँदै प्रतिनिधि सभा सदस्यको उम्मेदवार बोहराले एमालेको जित निश्चित भएको बताए ।
परिवर्तन र सृजनशील युवाहरूको रोजाइमा एमाले पार्टी रहेको बताउँदै उनले अछाम १ मा रहेका सबै युवाहरू नेकपा एमाले जिताउन लाग्नेसमेत विश्वास व्यक्त गरेका थिए । बोगटीलाई स्वागत कार्यक्रममा बोहरासँगै निर्वाचन क्षेत्र नम्बर १ प्रदेश (क) का उम्मेदवार देवबहादुर कुँवर, प्रदेश सचिवालय सदस्य मीनबहादुर कुँवर, स्वत्रन्त्र उम्मेदवार राधिका भुजेल, एमाले अनुसाशन आयोगका केन्द्रीय सदस्य हर्कबहादुर कुँवर गोविन्द, जिल्ला अध्यक्ष चन्द्र बोहरालगायत उपस्थित थिए ।-न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा