शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

ट्वीटर मस्कको स्वामित्वमा आएपछि पूर्व प्रेमिकाको अकाउन्ट गायब

शुक्रबार, १८ कात्तिक २०७९, १७ : ५४
शुक्रबार, १८ कात्तिक २०७९

एम्बर हर्डले आफ्नो पूर्वप्रेमी एलोन मस्कले ट्वीटर खरिद गरेको केही दिनभित्रै आफ्नो अकाउन्ट निष्क्रिय पारेकी छन् । बिहीबारदेखि उनको ट्वीटर अकाउन्ट ‘रियलएम्बरहर्ड’ खोज्दा भेटिएको छैन । 
हर्डले आफ्नो खाता किन बन्द गरिन् भनेर स्पष्ट भने पारेकी छैनन् । केहीले पूर्वपति जोनी डेपसँगको मानहानीको मुद्दापछि उत्पन्न उनीविरुद्धको प्रतिक्रियाबाट बच्न अकाउन्ट बन्द गरेको आशंका गरेका छन् । त्यस्तै केहीले भने पूर्वप्रेमीको स्वामित्वमा आएपछि ट्वीटरमा रहिरहन असहज महसुस भएको हो कि आशंका गरेका छन् । 

सन् २०१६ देखि गोप्य रुपमा डेटिङ गर्न थालेका हर्ड र मस्कले एक वर्षपछि सम्बन्ध सार्वजनिक गरेका थिए । तर फेब्रुअरी २०१८ दुई जना छुट्टिएको खबर आउन थाल्यो । अनुमानहरुका बीच उनीहरुले आफूहरु छुट्टिएको सही भएको बताए । 

‘लामो समय एकअर्काबाट टाढा रहनुपर्ने भएकाले सम्बन्धमा असर गरिरहेकोले हामीले छुट्टिने निर्णय गरेका छौं,’ दुई जनाले संयुक्त रुपमा बताएका थिए ।
ट्वीटरको खरिदसँगै मस्क कम्पनीको सीईओ र एक मात्र बोर्ड सदस्य बनेका छन् ।  यसैबीच चर्चित टिभी सो ‘ग्रेज एनाटोमी’का लेखिका शोन्डा राईम्स, गायिका टोनी ब्रेक्सटनले ट्वीटरमा परिवर्तनहरू गरिए प्लेटफर्मबाट टाढिने बताएका छन् । 

पछिल्लो समय मस्कले ब्लु–टिक प्रमाणीकरण ब्याजलाई ८ डलर तिर्नुपर्ने घोषणा गरेपछि थप सेलिब्रेटीहरूले विरोध जनाएका छन् । चर्चित लेखक स्टीफन किङले यो परिवर्तनको विरोध गर्दै खासमा ट्वीटरले आफूलाई शुल्क तिर्नुपर्ने बताए । यस्तै भावना अन्य सेलिब्रेटीहरूले पनि व्यक्त गरेका छन् । 

अभिनेता मिया फारो, टीया लियोनी, जमीला जमीलसाथै लेखक तथा अभियन्ता शोन किंग र एमी सिस्किन्डले पनि मस्कको अधिग्रहणपछि ट्वीटर छाड्ने धम्की दिएका छन् । 
डेली मेलबाट
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप