चुनावको मुखमा विवादमा तानिए अख्तियारका जयबहादुर चन्द
निर्वाचनको मुखमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्द विवादमा तानिएका छन् । एमाले निकट राष्ट्रिय युवा संघ नेपालले आयुक्त चन्द निर्वाचन आचारसंहिता विपरितका गतिविधिमा संलग्न रहेको आरोप लगाएको छ । संघका महासचिव क्षितिज थेवेले जारी गरेको विज्ञप्तिमा आफ्नो उद्देश्य पुरा गर्न चन्दले निर्माण व्यवसायी, कर्मचारी तथा अरू व्यवसायीलाई धम्क्याएको दावी गरेका छन् ।
युवा संघले चन्द महेन्द्रनगरस्थित एउटा होटलमा अड्डा जमाएर बसेको भन्दै त्यहीँबाट धम्कीजन्य काम गरेको आरोप लगाएको छ । ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जस्तो गरिमामय पदमा बसेर पदीय आचारसंहिताको उल्लंघन गर्ने छुट जो कोहीलाई छैन । हामी चेतावनी दिन चाहन्छौं कि चन्दबाट भइरहेको काम तत्काल बन्द होस् । निर्वाचन आचारसंहिता विपरीत हुने कुनैपनि कार्य हामीलाई सैह्य हुनै सक्दैन र यस विषयमा हामी निर्वाचन आयोगलाई पनि ध्यानाकर्षण गराउन चाहन्छौं । अन्यथा परी आउने परिस्थितिको मूल्य स्वयम् निर्वाचन बिथोल्न खोज्ने व्यक्तिले चुकाउनुपर्नेछ’, चेतावनी दिँदै युवा संघले भनेको छ ।
चन्द प्रधानमन्त्री शेरबहादुर देउवाको कोटामा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएका बेला अख्तियारको आयुक्त बनेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका-इरान तनाव र हुथीको आक्रमण: गहिरिँदै पश्चिम एसियाको सङ्कट
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
चार दशकपछि अव्यवस्थित बसोबासीको हातमा लालपुर्जा
-
कोशी प्रदेशको कुल आय ६ वर्ष यताकै कम, अघिल्लो वर्षको तुलनामा ३ अर्ब २८ करोडले घट्यो
-
२०२७ को एसेज शृङ्खलाका कुनै पनि टेस्ट उत्तरी इङ्गल्यान्डमा नहुने
-
ट्रम्पद्वारा दर्जनौँ देशमाथि नयाँ दोहोरो अंकको भन्सार शुल्क लागू गर्ने घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण