सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

निहारिका राजपुत बालुवाटारबाट पक्राउ

शुक्रबार, १८ कात्तिक २०७९, १६ : ५९
शुक्रबार, १८ कात्तिक २०७९

कुमारी आमाका भनेर चिनिएकी निहारिका राजपुत बालुवाटारबाट पक्राउ परेकी छन् । राजपुतले शुक्रबार बलात्कार आरोपीलाई पक्राउ गर्न माग राख्दै बालुवाटारमा पुगेर पत्रकार सम्मेलन गर्न लागेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेलगत्तै उनलाई परिवारको रोहबरमा छाडेको छ ।

२७ साउन २०७९ मा राष्ट्रपति कार्यालय, शितलनिवास अगाडि आत्मदाहको प्रयास गरेकी उनी अनसन समेत बसेकी थिइन् । पछि ५ भदौमा तत्कालीन कानूनमन्त्री गोविन्द बन्दीको उपस्थितिमा तीन बुँदे सहमति भएपछि अनशन तोडेकी थिइन् ।

सहमति अनुसार राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा उनका छोरा र आरोपित शिवराज श्रेष्ठको डीएनए जाँचमा डीएनए रिपोर्ट श्रेष्ठसँग म्याच भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप