सोमबार, २९ पुस २०८१
ताजा लोकप्रिय

साताको सेयर बजार : ४७ अंकलेबढ्दा ४ अर्ब २३ करोडको कारोबार

शुक्रबार, १८ कात्तिक २०७९, १६ : ५६
शुक्रबार, १८ कात्तिक २०७९

यस साता सेयर बजार सूचक नेप्सेमा ४७ अंकको वृद्धि भएको छ । लामो समयपछि केही सुधारात्मक संकेत देखिएको यस हप्ता ४७ अंकले बढ्दै १९२२.१६ अंकमा उक्लिएको हो । 

उसो त यस ४७ अंकले बढेको यस हप्ता कारोबार रकममा समेत बढोन्नती आएको छ । तिहार तथा छठपछि सोमबारदेखि बिहीबार चार दिन खुलेको बजारमा कुल ४ अर्ब २३ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी मंगलबार अर्थात् कात्तिक १६ गते १ अर्ब ४४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै, दोस्रो दिन कात्तिक १५ गते १ अर्ब २५ करोड ८७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

कात्तिक १४ गते र १७ गते भने क्रमशः ६७ करोड ३६ लाख ३८ हजार रुपैयाँ र ८५ करोड ४५ लाख ७९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । तथापि, सबैभन्दा बढी कात्तिक १५ गते (मंगलबार) ५६.१ अंकले नेप्से सूचक वृद्धि भएको थियो । साताको तीन दिन लगातार बढेको नेप्सेमा अन्तिम दिन बिहीबार भने १६ अंकले घटेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप