साताको सेयर बजार : ४७ अंकलेबढ्दा ४ अर्ब २३ करोडको कारोबार

यस साता सेयर बजार सूचक नेप्सेमा ४७ अंकको वृद्धि भएको छ । लामो समयपछि केही सुधारात्मक संकेत देखिएको यस हप्ता ४७ अंकले बढ्दै १९२२.१६ अंकमा उक्लिएको हो ।
उसो त यस ४७ अंकले बढेको यस हप्ता कारोबार रकममा समेत बढोन्नती आएको छ । तिहार तथा छठपछि सोमबारदेखि बिहीबार चार दिन खुलेको बजारमा कुल ४ अर्ब २३ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी मंगलबार अर्थात् कात्तिक १६ गते १ अर्ब ४४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै, दोस्रो दिन कात्तिक १५ गते १ अर्ब २५ करोड ८७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
कात्तिक १४ गते र १७ गते भने क्रमशः ६७ करोड ३६ लाख ३८ हजार रुपैयाँ र ८५ करोड ४५ लाख ७९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । तथापि, सबैभन्दा बढी कात्तिक १५ गते (मंगलबार) ५६.१ अंकले नेप्से सूचक वृद्धि भएको थियो । साताको तीन दिन लगातार बढेको नेप्सेमा अन्तिम दिन बिहीबार भने १६ अंकले घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ वर्षको रौनक : सौराहामा आन्तरिक पर्यटकको चहलपहल बढ्यो
-
जुनीदेखि पिलीसम्म विचरण गर्दा
-
२८ दिनपछि नागढुंगा सुरुङ मार्गमा प्रहरी परिचालन गरी निर्माण थालियो
-
टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु
-
कर्फ्यू लगाएपछि सुनसान देखिएको वीरगञ्जको घण्टाघर आसपासको सडक
-
परिस्थिति पेचिलो र गम्भीर छ, नयाँ वर्षले केही न केही निकास ल्याउँछ : प्रचण्ड