साताको सेयर बजार : ४७ अंकलेबढ्दा ४ अर्ब २३ करोडको कारोबार
यस साता सेयर बजार सूचक नेप्सेमा ४७ अंकको वृद्धि भएको छ । लामो समयपछि केही सुधारात्मक संकेत देखिएको यस हप्ता ४७ अंकले बढ्दै १९२२.१६ अंकमा उक्लिएको हो ।
उसो त यस ४७ अंकले बढेको यस हप्ता कारोबार रकममा समेत बढोन्नती आएको छ । तिहार तथा छठपछि सोमबारदेखि बिहीबार चार दिन खुलेको बजारमा कुल ४ अर्ब २३ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी मंगलबार अर्थात् कात्तिक १६ गते १ अर्ब ४४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै, दोस्रो दिन कात्तिक १५ गते १ अर्ब २५ करोड ८७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
कात्तिक १४ गते र १७ गते भने क्रमशः ६७ करोड ३६ लाख ३८ हजार रुपैयाँ र ८५ करोड ४५ लाख ७९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । तथापि, सबैभन्दा बढी कात्तिक १५ गते (मंगलबार) ५६.१ अंकले नेप्से सूचक वृद्धि भएको थियो । साताको तीन दिन लगातार बढेको नेप्सेमा अन्तिम दिन बिहीबार भने १६ अंकले घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण