आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

‘सुरक्षित सहरीकरणका लागि नीतिगत हस्तक्षेपको आवश्यक’

शुक्रबार, १८ कात्तिक २०७९, १६ : ५३
शुक्रबार, १८ कात्तिक २०७९

विज्ञहरुले सुरक्षित शरणीकरण र विपद्मैत्री मानव विकासका लागि नीतिगत हस्तक्षेप गर्नुपर्नेमा जोड दिएका छन् । विकासका नाममा हुने अव्यवस्थित शहरीकरण र तिनले भविष्यमा निम्त्याउनसक्ने विपद् न्यूनिकरणका लागि सम्भावित जोखिमको पूर्वानुमानसहितको योजना विस्तारमा आजैदेखि लाग्नुपर्नेमा विज्ञहरुले जोड दिएका हुन् ।

 “टुमरो सिटी अर्वान रिक्स इन ट्रान्जिसन”सम्मेलनले सुरक्षित शहर र विकासका लागि भविष्यमा निम्तिनसक्ने विभिन्न किसिमका विपद्का घटनाको पूर्वानुमान गरी योजना बनाउन नीतिनिर्माताहरुलाई दबाब दिनुपर्ने निष्कर्ष निकालेको हो । सम्मेलनमा नेपालको तर्फबाट सहभागी विज्ञ डाक्टर सुरज लामिछानेले विपद् न्यूनिकरण गरी दिगो र सुरक्षित शहर निर्माण गर्ने उपाय, अभ्यास, चुनौती र आवश्यकताका सम्बन्धमा छलफल गरी निष्कर्षहरुलाई नीतिगत तहमा लैजानुपर्ने निर्णय गरेको जानकारी दिए । नेपाल लगायत टर्की, केन्या, इक्वेडर र बेलायतका गरी ९० जना वैज्ञानिकहरु सहभागी सम्मेलन मुख्य गरी जोखिम मुक्त शहरण निर्माणका बहुपक्षीय उपायका बारेमा केन्द्रित रहेको पनि उनले जानकारी दिए । सम्मेलनले निकालेको निष्कर्षलाई सरकारलाई हस्तान्तरण गरी नीतिगत योजना तर्जुमामा सहकार्य गरिने पनि उनले स्पष्ट पारे । 

उनले सहरणीकरणलाई व्यवस्थित बनाउने र भविष्यका शहरलाई सुरक्षित पार्ने दुवै चुनौती नेपाललाई रहेको बताए ।   अन्य मुलुकका सहरहरु  व्यवस्थित भएकाले भविष्यका शहरलाई सुरक्षित बनाउने चुनौती मात्रै रहेको तर नेपालका सहरहरु व्यवस्थित नभएकाले दोहोरो चुनौती रहेको उनले स्पष्ट पारे । भोलिको शहर परियोजना अध्ययनमा सहभागी बेलायतस्थित इडिबर्ग विश्वविद्यालयका प्राध्यापक डाक्कटर मार्क पेलिङ्गले विपद्मैत्री मानव विकास र भोलिको सुरक्षित शहरका लागि आजै विपद् पूर्वानुमानसहितको योजना र नीति बनाउनुपर्नेमा सम्मेलनले जोड दिएको बताए ।  

५ दिनसम्म चलेको सम्मेलनमा सम्मेलनमा नेपाल लगायत टर्की, केन्या, इक्वेडर र बेलायतका ९० वैज्ञानिकहरु सहभागी थिए । युके रिसर्च एण्ड इनोभेसन, बेलायतका विश्वविद्यालय, प्राक्टिकल एक्शन, नेपाल विकास अनुसन्धान संस्था, एनसेट लगायत विभिन्न संस्थाहरुको संयुक्त पहलमा शुरु भएको भोलिको शहर परियोजनाले पूर्वाधार निर्माण गर्दा भविष्यमा पर्नसक्ने विपद् र जोखिमको पूर्व आँकलन गर्ने र अध्ययन निष्कर्षलाई आ–आफ्नो देशका सरकारसँग साझेदारी गर्ने बताइएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप