निर्वाचन विरोधी मोर्चा थपियो
शुक्रबार, १८ कात्तिक २०७९, १६ : ३५
मंसिर ४ को निर्वाचनको विरोधमा अर्को मोर्चा पनि थपिएको छ । यसअघि विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, धर्मेन्द्र वास्तोला नेतृत्वको नेकपा बहुमत, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र ऋषि कट्टेल नेतृत्वको नेकपाले निर्वाचन बहिष्कार गर्ने घोषणा गरिसकेका छन् ।
नेपाल जनतान्त्रिक मुक्ति मोर्चाका संयोजक विकरान्तले विज्ञप्ति जारी गर्दै निर्वाचन विरोधी कार्यक्रम गर्ने घोषणा गरेका छन् । मोर्चाले कात्तिक १९ गतेदेखि २०७९ मंसिर ४ गतेसम्म चरणबद्ध आन्दोलनको घोषणा गर्दै कात्तिक २१ गतेदेखि २०७९ कात्तिक २३ गतेसम्म आम हडताल (नेपाल बन्द) को घोषणा गरेको छ । त्यस्तै निर्वाचनसम्बन्धि कुनै पनि उम्मेदवार वा पार्टी मोर्चाको निर्णय बिपरित गए भौतिक कार्वाही गर्ने चेतावनी समेत दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण