ईपीएस कोरिया शाखाले भन्यो–कार्यालयभित्र र बाहिर दलालबाट सजग रहनू

वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले छिटो काम गराइदिन्छु भन्दै पैसा असुल्नेहरूबाट सजग रहन आग्रह गरेको छ । ईपीएसमार्फत कोरिया जानेहरूका काम छिटो छरितो गराइदिने वाहनामा दलालहरू सक्रिय रहन थालेको भन्दै उनीहरूबाट सर्तक रहन आग्रह गरेको हो ।
ईपीएस शाखा परिषरभित्र तथा बाहिर काम गराइदिन्छु भन्दै सेवाग्राहीसँग पैसा लिने गरेको गुनासो आएको भन्दै उनीहरूबाट सतर्क रहन आग्रह गरेको हो । 'यस शाखा कार्यालय परिसरभित्र एवं बाहिर शाखाबाट प्राप्त हुने सेवाका लागि आउने सम्बन्धित सेवाग्राहीहरूलाई छिटो काम मिलाइदिन्छु भनी आफै वा कर्मचारीहरूको नाममा विभिन्न समयमा विभिन्न व्यक्तिहरू, कर्मचारीहरू तथा ईपीएस पासरहरु मध्येकाले समेत सम्बन्धित सेवाग्राहीहरूसँग रकम माग गरी ठगी गर्ने गरेको भनी गुनासो आएकोले कोही कसैबाट काम, प्रक्रिया छिटो मिलाइदिन्छु भनी रकम माग गरेमा, विभिन्न प्रलोभन देखाएमा त्यस्ता व्यक्तिहरूबाट सजग रहन, प्रलोभनमा नपर्न र त्यस्तो कोही कसैबाट भएमा त्यस्तो सूचना यस शाखामा वा नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा दिनुहुन अनुरोध छ ।' शाखाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
कोरोना महामारीका कारण २०७६ चैत्र महिनादेखि ईपीएसमार्फत कोरिया जाने प्रक्रिया रोकिएको थियो । उक्त प्रक्रिया २०७८ कार्तिकदेखि सुचारु भएको थियो । प्रक्रिया सुरु भएदेखि भदौ १५ गतेसम्म ८ हजार ८७० जना कामदारहरू दक्षिण कोरिया पुगिसकेको ईपीएस शाखाका निर्देशक पुष्पराज कटुवालले जानकारी दिए । त्यस्ता कार्यमा संलग्न हुनेहरूलाई कानुनी दायरामा ल्याई कारबाही गर्न समेत शाखाले अनुरोध गरेको छ ।
अनलाइनको माध्यमबाट गर्नुपर्ने कामहरूको नमुना यस शाखाको वेबसाइटमा राखिएको शाखाले प्रष्ट पारेको छ । ती कामहरू स्वयमले मोबाइल तथा कम्प्युटरबाट गर्न सकिने तथा आवेदन फारम पनि स्वयंले भर्न सकिने शाखाले जनाएको छ । कार्यालय परिसर बाहिर रहेका बीमा, फोटोकपी, कम्प्युटर प्रिन्टिङ लगायतका सेवामा बढी पैसा नदिन समेत अनुरोध गरिएको छ । अनुचित ढंगले बढी रकम लिएमा प्रहरीलाई खबर गर्न समेत अनुरोध गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुटिङका क्रममा घाइते भए गुरु रन्धावा, सेलिब्रेटीको कमेन्ट ओइरो
-
अब हामीले आँखा र कान खोल्नुपर्छ, सहयोगका सीमा स्पष्ट पार्नुपर्छ : गोकुल बास्कोटा
-
प्रधानमन्त्री ओली भारत भ्रमणको निमन्त्रणाको पर्खाइमा हुनुहुन्छ : परराष्ट्रमन्त्री राणा
-
सात महिनामा चार अर्ब ३९ करोडको जुत्ता चप्पल आयात
-
ओलीको जन्म दिनमा केक काटेर ‘केपी ओली कप’को शुभारम्भ, तस्बिरमा हेर्नुहोस्
-
‘कल्ली’को छायाङ्कन सुरु, उत्तम भन्छन्– ‘कथा यूनिक लागेर कमब्याक गरेँ’