जेल गए सन्दीप, क्रिकेट करियर ध्वस्त (तस्बिरमा हेर्नुहोस्)

क्रिकेट राष्ट्रिय टोलीको कप्तानसमेत भइसकेका उदयमान क्रिकेटर सन्दीप लामिछाने पुर्पक्षका लागि कारागार चलान भएका छन् । काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपमा मुछिएका लामिछानेलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो । यससँगै लामिछाने केन्द्रीय कारागारमा चलान भएका छन् भने उनको क्रिकेट जीवन ध्वस्त भएको छ ।
शुक्रबार नाबालिग बलात्कार आयोगमा लामिछानेको मुद्दामा थुनछेक बहस सकिएसँगै न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । सोमबार काठमाडौं जिल्ला अदालतमा दर्ता भएको क्रिकेटर लामिछाने विरुद्धको जबर्जस्ती करणीको मुद्दामा मंगलबारबाट बयान सुरु भएको थियो । बिहीबार पनि बहस नसकिएपछि शुक्रबारका लागि हेर्दहेर्दैमा राखिएको थियो ।
गत भदौ ५ गते राति एक १७ वर्षीय किशोरीलाई सिनामंगलको होटलमा बलात्कार गरेको आरोप सन्दीपमाथि छ । सन्दीपविरुद्ध भदौ २२ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो । उनी विदेशबाट फर्कनासाथ दशैँको तिकाको भोलिपल्ट विमानस्थलबाटै पक्राउ परेका थिए । छोटो समयमै क्रिकेटमा चम्किएका लामिछाने अन्तर्राष्ट्रियस्तरमा समेत नाम कमाउन सफल खेलाडी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालिञ्चोक दर्शनको हकप्रद शेयरको बिक्री प्रबन्धकमा एसबीआई मर्चेण्ट
-
एभरेष्ट बैंकको फिदिम र फुङ्लिङमा नयाँ शाखा
-
निर्माण व्यवसायीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न महासंघको माग
-
नेपालमा शङ्कास्पद गतिविधि संलग्न ७ जना बंगलादेशी नागरिक पक्राउ
-
सेनाले भन्यो– ‘रुख काट्ने प्रक्रिया पुरा गर्न ११ महिना लाग्छ’
-
ज्ञानेन्द्रको अभिव्यक्तिले तात्यो संसद् : माओवादी मौन, कांग्रेस एमालेको प्रतिवाद