शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मूला खाँदा नियन्त्रणमा रहन्छ रक्तचाप र सुगर, पात पनि फाइदाजनक

शुक्रबार, १८ कात्तिक २०७९, १५ : ०१
शुक्रबार, १८ कात्तिक २०७९

मूलालाई विशेषगरी सलादको रुपमा खाने गरिन्छ । मूलाका थुप्रै रेसिपीले खानाको स्वाद बढाउने गर्छ । मूलाको पराठा पनि बनाइन्छ भने मूलाको अचार त सधैँका लागि चर्चित नै छ । मूलामा यस्ता थुप्रै पोषक तत्व पाइन्छ जसले स्वास्थ्यलाई लाभ पुर्याउने गर्छ । भारतकी डाइटिसियन स्वाति विश्नोईले भारतीय सञ्चार माध्यम दैनिक भास्करसँग मूला र यसको पातका फाइदाबारे जानकारी दिएकी छिन् ।

ब्लड सुगर नियन्त्रण गर्छ

मूलामा यस्ता पोषक तत्वहरू हुन्छन् जसले मधुमेह नियन्त्रण गर्छ । यसले ग्लुकोज बढाउँछ र रगतमा चिनीको मात्रा नियन्त्रण गर्छ । मूलामा एउटा यस्तो  बायोएक्टिभ कम्पाउन्ड पाइन्ट जसले एडिपोनेक्टिन हर्मोनलाई नियन्त्रण गरेर ब्लड सुगरलाई रेगुलेट गर्छ । मूलामा पोटासियम उच्च मात्रामा हुन्छ जसले रक्तचापलाई नियन्त्रण गर्न र मुटुलाई राम्रोसँग काम गर्न मद्दत गर्छ । यसमा एन्थोसाइन नामको तत्व हुन्छ जसले रक्त सञ्चार र कम रक्तचापलाई सुधार्न मद्दत गर्छ ।

पेटका लागि लाभदायी

मूलामा घुलनशील र अघुलनशील फाइबर हुन्छ जुन ग्यास्ट्रोइन्टेस्टाइनल ट्र्याक्टको लागि धेरै लाभदायी  हुन्छ । फाइबरले आन्द्राको फोहोर बाहिर निकाल्न मद्दत गर्छ र कब्जियतबाट पनि राहत दिन्छ ।

क्यान्सर रोक्न सहयोगी

मूला क्यान्सर प्रतिरोधी छ । अनुसन्धानका अनुसार यसमा यस्ता तत्व पाइन्छन् जुन पानीमा मिसिँदा आइसोथियोसाइनेटमा टुक्रिने गर्छ । यसले क्यान्सर पैदा गर्ने पदार्थ र ट्युमरको विकास रोक्न मद्दत गर्छ ।

जाडोमा मूलाको पातको जुसले थुप्रै रोगलाई टाढा राख्छ । मूलाको पातमा रगत सफा गर्ने गुण हुन्छ ।

मूलाको पातको जुस

मूलाको सलाद, तरकारी त खानुभएकै होला तर मूलाको पातलाई जुस बनाएर पिउँदा स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । सधैँ मूलाको पातको जुस पिउँदा थुप्रै रोग टाढा रहन्छन् । मूलाको पातमा भरपुर मात्रामा आइरन र फस्फोरस पाइन्छ जसले प्रतिरोधी क्षमता बढाउन मद्दत गर्छ । यसले रक्तअल्पत्ता र हेमोग्लोबिनको कमीलाई पनि हटाउँछ ।

इजेशनलाई दुरुस्त राख्नका लागि फाइबरको सेवन निकै आवश्यक छ र मूलाको पातमा फाइबरको पर्याप्त मात्रा पाइन्छ । पाचन प्रणाली कमजोर छ भने सधैँ मूलाको पातबाट बनेको जुस खानुहोस् । यसका साथै, मूलाको पातको जुस सुगर र जण्डिसजस्ता थुप्रै रोगमा फाइदाजनक हुन्छ । मूलामा भन्दा पनि मूलाको पातमा बढी पौष्टिक तत्व पाइन्छ । मूलाको पातमा प्रोटिन, कार्बोहाइड्रेट, क्लोरिन, सोडियम, आइरन म्याग्नेसियमजस्ता पोषक तत्वका साथै भिटामिन ए, भिटामिन बी र भिटामिन सीजस्ता आवश्यक पोषक तत्व पनि पाइन्छन् जुन जाडो मौसममा शरीरमा देखिने थुप्रै समस्याबाट बचाउन मद्दत गर्छ ।

प्रतिरोधी क्षमता बढाउँछ

मूलाको पातमा भरपुर मात्रामा आइरन र फस्फोरस पाइन्छ जसले प्रतिरोधी क्षमता बढाउन मद्दत गर्छ । यसले रक्तअल्पत्ता हुन र हेमोग्लोबिनको कमीलाई हटाउन मद्दत गर्छ ।

पाचन प्रणालीमा सुधार

पाचन प्रणालीलाई स्वस्थ राख्न फाइबरको सेवन धेरै महत्त्वपूर्ण हुन्छ र मूलाको पातमा पर्याप्त मात्रामा फाइबर हुन्छ । पाचन शक्ति कमजोर भएमा मूलाको पातबाट बनेको जुस दैनिक सेवन गर्नुहोस् ।

कम रक्तचापको समस्या हटाउँछ

लो ब्लडप्रेसरका बिरामीका लागि मूलाको पातको रस निकै फाइदाजनक मानिन्छ । यसमा पाइने सोडियमको मात्राले शरीरमा नुनको कमीलाई पूरा गर्छ र यो समस्यालाई निको पार्छ ।

रगत सफा गर्छ

मूलाको पातमा रगत शुद्ध गर्ने गुण हुन्छ, जसका कारण छालामा दाग, चिलाउने, डण्डीफोरको समस्या हुँदैन ।

पायल्समा फाइदाजनक

मूलाको पातको सेवनले शरीरमा हुने सूजनको समस्या हट्छ । यस्तो अवस्थामा पाइल्सको समस्या हटाउन मूलाको पातको रस सेवन गर्न सकिन्छ ।

मूलाको पातको रस यसरी बनाउनुहोस्

मूलाको पातलाई सफा पानीले २–३ पटक धुनुहोस् । यी पातहरूलाई सानो टुक्रामा काट्नुहोस् र मिक्सरमा पिस्नुहोस्  । यसमा बिरे नुन, कालो मरिचको पाउडर र कागतीको रस मिसाउनुहोस् । यसरी तपाईंको मूलाको पातको रस तयार हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप