रुकुम पश्चिमलाई समाजवाद निर्माणको नमुना जिल्ला बनाउन दलहरू एकमत

रुकुम पश्चिमलाई समाजवाद निर्माणको नमुना जिल्ला बनाउन स्थानीय दलहरू एकमत देखिएका छन् । बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूले उक्त उद्देश्यलाई पुरा गर्नका लागि एउटा अपिल समेत सार्वजनिक गरेका छन् ।
नेकपा माओवादी केन्द्र रुकुम पश्चिममा संयोजक गोविन्द रोका ‘सचिन’ले जिल्लाको समग्र विकास र समृद्धिका लागि दलहरूबीच एकीकृत विकास योजनाको निर्माण र कार्यान्वयनको पृष्ठभूमिका सहकार्य र एकता प्रतिविम्वित भएको बताए ।
साथै उनले रुकुमको समृद्धिलाई उचाइमा पुर्याउनका लागि दलहरुबीचको आपसी एकता र सहकार्यलाई अझै बलियो बनाउन आवश्यक रहेको बताए । उनले भने, ‘त्यसका लागि समाजवादका केही यात्राहरू सुरुवात भएका छन् ।’ यहाँ बाम–लोकतान्त्रिक गठबन्धनबाट तीनै जना माओवादीबाट उम्मेदवार छन् । जसअनुसार प्रतिनिधि सभातर्फ सरकारका अर्थमन्त्री जनार्दन शर्मा र प्रदेशसभा (क) तर्फ माओवादीकै महेन्द्र केसी र (ख)ं मा राजकुमार शर्मा उम्मेदवार छन् ।
समाजवाद निर्माणको नमुना जिल्ला बनाउने उद्देश्यलाई पुरा गर्नका लागि उम्मेदवारलाई भोट हालेर विजयी गराउन आग्रह समेत गरिएको छ । सो संयन्त्रमा दलका जिल्ला प्रमुखहरू, कांग्रेसका केन्द्रीय सदस्य मानबहादुर नेपाली, माओवादी केन्द्रका केन्द्रीय सदस्य गोपाल शर्मा रहने छन् भने राजनैतिक संयन्त्रले सञ्चालनको कार्यविधि बनाई लागू गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा आफू भाइरल हुन जे पनि बोल्ने प्रवृत्ति बढ्यो : परराष्ट्रमन्त्री देउवा
-
‘पूर्वराजाले चैत १५ को घटनाको जिम्मेवारी लिनुपर्छ’
-
युवालाई लोकतन्त्रको महत्त्व बुझाउन एमालेले ‘युथ सेलिब्रेसन’ आयोजना गर्ने
-
प्रचण्डलाई एमालेको जवाफ : सरकार परिवर्तन कतैबाट सम्भव छैन
-
एमालेले भन्यो– ज्ञानेन्द्रले अझै गल्ती गर्न खोज्दैछन्
-
नेपालले ओमानलाई हराउँदा जे देखियो