आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

दुई गठबन्धन आमुन्ने सामुन्ने छन् : प्रचण्ड

शुक्रबार, १८ कात्तिक २०७९, १४ : २४
शुक्रबार, १८ कात्तिक २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी मंसिर ४ गते दुई गठबन्धन आमुन्ने सामुन्नेमा रहेको टिप्पणी गरेका छन् । गोरखाको रानीटारमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले मंसिर ४ गतेको निर्वाचनपछि मात्रै जनताले फैसला गर्ने बताए । 

कांग्रेस माओवादी सहितको पाँचदलीय गठबन्धन अग्रगामी शक्तिहरूको गठबन्धन भएको बताउँदै प्रचण्डले एमालेले नेतृत्व गठबन्धन संविधान र लोकतन्त्र मास्ने पश्चगामीहरुको गठबन्धन भएको बताए । ‘हामी महिला, दलित, आदिवासी जनजाति, थारु, मुस्लिम सबैलाई अधिकार दिनुपर्छ भन्ने छ । ती सबैलाई पहिचान अधिकार दिनुपर्छ भनेर संविधानमा राखिनुपर्छ भन्ने छ’ प्रचण्डले भने, ‘अर्को गठबन्धन यो संविधान मास्न चाहन्छ । समानुपातिक समावेशीलाई उल्ट्याउन चाहन्छ । गणतन्त्रप्रति नकारात्मक धाराण राख्छ । सामन्ती व्यवस्था सहितको राजसंस्था पुनःस्थापना गर्न चाहन्छ ।’

एकातिर ५ दलको गठबन्धन भएपनि अर्कोतिर ५÷७ दलको गठजोड बनाएर तालमेल गरेको बताए । संविधान र लोकतन्त्रको रक्षाको निम्ति सत्ता गठबन्धनलाई मत दिनुपर्ने प्रचण्डको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप