चाँगुनारायण मन्दिरमा दर्शनार्थीको घुइँचो
शुक्रबार, १८ कात्तिक २०७९, १३ : ५९
हरिबोधिनी एकादशी तथा तुलसी विवाहका अवसरमा भक्तपुरको चाँगुनारायण मन्दिरमा दर्शनार्थीको ठूलो घुइँचो लागेको छ । उक्त मन्दिरमा प्रत्येक वर्ष आज कार्तिक शुक्ल एकादशीको दिन मेला लाग्ने गरेकामा बिहानै नुहाइ धुवाइ गरी चोखो भएर घरको मूलढोकामा कपुर पानीसमेत छर्केर चाँगुनारायण दर्शनका लागि जाने परम्परा छ ।
उक्त मन्दिरमा दर्शनपछि घर–घरमा लगाइएको तुलसी नारायणको विधिवत् रुपमा पूजा गरिन्छ । पूजामा तुलसी नारायणलाई सयपत्री फूलको माला लगाई सखरखण्ड, पिँडालु र खीरको भोजन चढाइन्छ ।
त्यसैगरी आजै भक्तपुर नगरपालिकास्थित तिलमाधव नारायण, वाखुपति नारायण, सूर्यविनायकको लिखा नारायण, चाँगुनारायण नगपालिकाको भुइँजसी नारायणलगायत मन्दिरमा पनि दर्शनार्थीको भिड लागेको छ । हरिबोधिनी एकादशीका अवसरमा आज चाँगुनारायण नगरपालिकामा सार्वजनिक विदा दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु
-
बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड
-
संसद् जनताप्रति उत्तरदायी हुनुपर्छ : नारायणदत्त भट्ट
-
पाइपलाइनमा यी १० धमाकेदार फ्रेन्चाइजी फिल्महरू, बक्स अफिसमा धमाल मच्चाउने अपेक्षा
-
‘मुन्ना भाइ’ मा ‘सर्किट’ को वास्तविक नाम अर्कै थियो, अर्शदले गरेका थिए परिवर्तन
-
कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु