चुनावपछि पाण्डेलाई मुख्यमन्त्री र मलाई देशको नेतृत्व गर्ने अवसर छ : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंसिर ४ गतेको चुनावपछि आफू प्रधानमन्त्री र कांग्रेस नेता सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्री हुने सम्भावना रहेको बताएका छन् । गोरखाको याङकोटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले गोरखा २ बाट उम्मेदवार दिएका सबै आ–आफ्नो ठाउँबाट नेतृत्वमा पुग्ने अवस्था रहेको दाबी गरे ।
‘गोरखाको जित संसारले देख्नुपर्छ । गोरखा त्यसैपनि संसार भर देखिन्छ पनि सुनिन्छ पनि । गोरखामा राम्रोसँग मतदान गरियौ भने एक ढिक्का भएर अगाडि बढ्यौ भने त्यो मतदानले एउटा शक्ति प्रधान गर्नेछ । उर्जा प्राप्त भएमा सुरेन्द्रराज पाण्डे प्रदेशको सदस्य मात्रै हुनुहुन्न । उहाँ प्रदेशको मुख्यमन्त्री हुने पुरै सम्भावना छ । फणिन्द्र देवकोटा प्रदेशको मन्त्री हुने पुरै सम्भावना छ’ प्रचण्डले भने, ‘मलाई देशको नेतृत्व लिने सम्भावना छ । तपाईहरुले हामीलाई बलियो बनाएर पठाउनुभयो भने सिंहदरबार र प्रदेशमा बलियो हुने अवस्था छ ।’
गोरखाबाट गठबन्धनका सबै उम्मेदवार निर्वाचित भएमा विकास र समृद्धिको यात्रा तिव्र गतिले अगाडि बढ्ने प्रचण्डले विश्वास व्यक्त गरे । गोरखामा मुख्य शक्ति माओवादी र कांग्रेस भएकाले दुई शक्ति मिलेमा असाधारण बहुमत आउने प्रचण्डले दाबी गरे ।
‘अहिलेको निर्वाचनमा गठबन्धनको पक्षमा सिंगै देशले देख्नेगरी गोरखामा यस्तो रेकर्ड बन्यो भनेर देखाउनुपर्ने छ । गोरखामा अत्यधिक मत ल्याएर सबै उम्मेदवार विजयी भए भन्ने रेकर्ड बनाउन जरुरी छ’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खुर्कोटबाट प्रहरीको घेरा तोडेर भागेका नाइजेरियन नागरिक पक्राउ
-
चीनमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
-
अखिल क्रान्तिकारीमा पुरानो गुट भत्कियो, नयाँलाई स्थापित गराउन नेताहरूको दौडधुप
-
अध्यादेशको प्रतिरक्षा गर्न एमाले सांसदहरूलाई प्रशिक्षण
-
कांग्रेसको प्रदेश समन्वय विभागमा १० सदस्य मनोनीत
-
मध्यपहाडी लोकमार्गले सुगम बन्दै तेह्रथुम