शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बैंक तथा वित्तीय संस्थाविरुद्ध सडकमा उत्रिए व्यवसायी (तस्बिरहरु)

शुक्रबार, १८ कात्तिक २०७९, १२ : ५७
शुक्रबार, १८ कात्तिक २०७९

बैंकको ब्याजदरवृद्धिको विरोध गर्दै उद्योगी-व्यवसायी आन्दोलनमा उत्रिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा आज उद्योगी-व्यवसायीले माइतघर मण्डलामा बैंकविरुद्ध प्रदर्शन गरेका हुन् ।

पछिल्लो समय बैंकले अनावश्यक रूपमा ब्याजदर बढाएर चेपुवामा परेको भन्दै उद्योगी-व्यवसायी विरोधमा छन् । सुर्खेत उद्योग वाणिज्य संघले सुरू गरेको आन्दोलन पूर्वाधार उद्योगी हुँदै काठमाडौंसम्म आन्दोलन सुरू भएको हो ।

महासंघका तर्फबाट आन्दोलनको नेतृत्व गरिरहेका उपाध्यक्ष दिनेश श्रेष्ठले बैंकले बढाइरहेको ब्याजदरको विरोध गर्दै आन्दोलनमा उत्रिएको बताए । उनले रातोपाटीसँग भने, ‘बैंकले निरन्तर ब्याजदर बढाएर उद्योग व्यवसायलाई समस्यामा पारेका छन् । बढिरहेको ब्याजदर विना सर्त तत्काल फिर्ता हुनुपर्छ ।’

आन्दोलनमा उत्रिएका उद्योगी व्यवसायीले ‘बैंकिङ आतंक बन्द गर’, ‘चालू पूँजी निर्देशिका स्थगित गर’, ‘ब्याजदरमा स्थिरता कायम गर’ र उद्योग व्यापार नबचे अर्थतन्त्र बच्दैन लगायतका प्लेकार्ड बोकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप