बुधबार, २८ फागुन २०८१
ताजा लोकप्रिय

प्रदुषणको मार : दिल्लीमा प्राथमिक विद्यालय बन्द

शुक्रबार, १८ कात्तिक २०७९, १२ : ४६
शुक्रबार, १८ कात्तिक २०७९

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले राजधानी दिल्लीमा ५ नोभेम्बरदेखि प्राथमिक विद्यालय बन्द हुने घोषणा गरेका छन् । यसबाहेक कक्षा ५ भन्दा माथिको कक्षाका लागि बाहिरी क्रियाकलापमा पनि प्रतिबन्ध लाग्नेछ । मुख्यमन्त्रीले दिल्लीमा यातायातमा जोर विजोर प्रणाली लागू गर्नेबारे पनि विचार गरिएको जानकारी दिए ।  

पत्रकार सम्मेलन कार्यक्रममा केजरीवालले पञ्जाब र दिल्लीमा बढेको प्रदुषणबारे बोल्दै प्रदुषित हावा एउटा राज्यमा मात्रै नभई हरेक राज्यमा जाने बताए । उनले भने, ‘प्रदुषण दिल्लीको मात्रै समस्या होइन, हरियाणा, युपी र पूरा उत्तर भारतको हावाको स्थिति खराब छ । यो एक–अर्कालाई आरोप लगाउने बेला होइन । केन्द्रले अघि सरेर कदम उठाउनुपर्नेछ । यसो गरेर उत्तर भारतलाई बचाउन सकिनेछ ।’

उनले थपे, ‘पञ्जाब र दिल्लीमा भलै हाम्रो सरकार छ तर यतिबेला एक–अर्कालाई औँला उठाउने होइन । यसले समाधान हुँदैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप

छुटाउनुभयो कि ?