राष्ट्रपति भण्डारीद्वारा मुक्तिनाथमा विशेष पूजाआजा
शुक्रबार, १८ कात्तिक २०७९, १२ : १५

राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्ताङ स्थित प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको आज बिहान दर्शन गरेकी छिन् । उनले मन्दिर परिसरमा रहेका एक सय ८ धाराको परिक्रमासँगै मन्दिरमा विशेष पूजाआजा गर्नुभएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।
मुक्तिनाथ मन्दिर परिसरमा निर्मित भगवान गौतम बुद्धको मूर्ति अनावरण र भगवान विष्णुको मूर्ति शिलान्यासका सिलसिलामा राष्ट्रपति यहाँ आएकी थिइन्। केही बेरपछि राष्ट्रपति भण्डारी मूर्ति अनावरण र शिलान्यास समारोहमा सरिक हुने प्रजिअ शर्माले जानकारी दिए ।
राष्ट्रपतिबाट मुक्तिनाथको रानीपौवामा निर्माण गरिएको ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’को पनि शुभारम्भ गर्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : बालुवाटारमा ओली-देउवाबीच भेटवार्तादेखि भाटभटेनी लुटपाट काण्डले राजेन्द्र लिङ्देनको पुत्ला दहनसम्म
-
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
-
काभ्रेमा सात खानीक्रसर उद्योग बन्द
-
श्रीमानको किरिया बसेकी महिलाको मृत्यु
-
नेपाल प्रहरी बन्यो च्याम्पियन
-
दुर्घटना न्यूनीकरणको सन्देश फैलाउन ‘बिस्तारै स्कुटर चलाउने’ प्रतियोगिता