नेपाल बैँक र दराजबीच व्यावसायिक साझेदारीको घोषणा

नेपाल बैँक लिमिटेड र अनलाइन सपिङ् पोर्टल दराजबीच व्यावसायिक साझेदारीको घोषणा भएको छ । दराजको लोकप्रिय सपिङ्ग डे ११.११ मा नेपाल बैँकको डेविट क्रेडिट कार्डमार्फत भुक्तानी गर्ने ग्राहकलाई सपिङ्गमा १५ प्रतिशत वा रु. २५०० सम्मको छुट दिने घोषणा भएको हो ।
बैँकको ८६ औं वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहकहरूलाई थप सुविधा प्रदान गर्न यस्तो सम्झौता गरिएको बैँकका बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुनबहादुर कँडेलले जानकारी दिए । बिहीबार राजधानीमा भएको सम्झौतामा बैँकका तर्फबाट कँडेल र दराजका तर्फबाट पेमेन्ट तथा पार्टनरसिप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार यो योजना २०७९ कात्तिक २५ गतेदेखि मंसिर ३ गतेसम्म लागू हुनेछ । थप दराजको सपिङ्गमा ग्राहकले अग्रिम भुक्तानी गरे अधिकतम २० प्रतिशत वा रु. ३००० सम्मको छुट प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ । तर उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरूले आफ्नो कार्ड ई–कमर्सको लागि सक्रिय गर्नुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेश सरकारको खर्च ८ महिनामा ३१ प्रतिशत
-
अनलाइन टिभी पत्रकार सङ्घ र डिजिटल मिडिया पत्रकार सङ्घबिच एकीकरण
-
विदेशी मुद्रा सटहीका लागि कागजातहरू पेस गर्न सबै निर्जीवन बीमकहरूलाई निर्देशन
-
मण्डलामा ‘उम्लिँदो खरानी र लेम्लेम्मा’
-
लुम्बिनीमा एसईईकाे तयारी पूरा, ढुक्क भएर परीक्षा दिन मुख्यमन्त्रीकाे आग्रह
-
जीवा लामिछानेको तेस्रो कृति ‘अक्षत अन्टार्कटिका’ लोकार्पण