पाल्पामा मतदाता शिक्षा दिँदै गठबन्धनका दल
आसन्न निर्वाचनका लागि चुनावी अभियानमा लागेको सत्तारुढ पाँचदलीय गठबन्धनले पाल्पामा मतदाता शिक्षा दिन थालेको छ । बदर मतको संख्या कम गर्न गठबन्धन घटकका नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले आफ्ना कार्यकर्तालाई परिचालन गरी मतदाता शिक्षा दिन थालेका हुन् ।
निर्वाचन आयोगले मतदाता शिक्षालाई जोडतोडका साथ लैजान नसकेका बेला गठबन्धन दलले भने गाउँ–गाउँमा मतदाता शिक्षा पुर्याउन थालेका हुन् । गठबन्धनले मतदाता शिक्षाका लागि बिहीबार माथागढी र तिनाउमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
बुधबार रैनादेवी छहरा र रिब्दीकोटमा मतदाता शिक्षाका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको थियो । यसअघि मतदाता शिक्षाका लागि तानसेन नगरपालिका र बगनासकाली गाउँपालिकामा खटिने युवा तथा महिलाहरुका लागि प्रशिक्षण दिइएको गठबन्धनका संयोजक तथा नेपाली कांग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठले जानकारी दिए ।
रामपुर नगरपालिका, निस्दी गाउँपालिका र पूर्वखोलाका केही वडाबाहेक सबैमा बिहीबारसम्म मतदाता प्रशिक्षक प्रशिक्षण सकिएको श्रेष्ठले बताए । प्रशिक्षण सम्पन्न भएका रिब्दीकोट, रैनादेवी छहरा, बगनासकाली र तानसेन नगरपालिकाका कार्यकर्तालाई मतदाता शिक्षाका लागि जनताको घरदैलोमा पठाइसकिएको छ ।
निर्वाचनका लागि आयोगले दिएको प्रचार–प्रसारको समयसीमा भित्र मतदाता शिक्षाका लागि कार्यकर्ता खटाइएको माओवादी केन्द्र पाल्पाका इन्चार्ज बसन्त घर्तीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ भोलि बस्ने प्रतिनिधिसभा बैठकका ९ कार्यसूची
-
फैसलाको प्रतीक्षामा सन्दीपका समर्थक (तस्बिरहरु)
-
डिल्लीराम खनाललाई ५ हजार धरौटीमा छाड्न आदेश
-
प्रचण्ड र ओलीसँग भेटेपछि रविले भने– प्रश्न उठेपछि बोल्न पाउनुपर्छ
-
अर्थमन्त्री भन्छन्– नीति तथा कार्यक्रमलाई बजेटले समेट्छ
-
वैद्यको पार्टी निकट विद्यार्थीका अध्यक्ष पक्राउ, विरोधमा सङ्घर्षका कार्यक्रम घोषणा