शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

फेरि रिलिज भयो शाहरुखको डीडीएलजे

शुक्रबार, १८ कात्तिक २०७९, १० : ५६
शुक्रबार, १८ कात्तिक २०७९

सन् १९९५ अक्टोबर २० मा रिलिज भएको फिल्म ‘दिलवाले दुल्हनियाँ ले जाएंगे (डीडीएलजे)’ फेरि रिलिज भएको छ । आदित्य चोपड़ा निर्देशित फिल्म अभिनेता शाहरुखको ५७ औं जन्मदिनको अवसर पारेर फेरि रिलिज गरिएका हो ।

डीडीएलजे मुम्बईको मराठा मन्दिर सिनेमा घरमा २७ वर्षदेखि प्रदर्शनरत छ । शाहरुखको जन्मदिनमा यो फिल्म मराठा मन्दिरका अलावा भारतका कैयौं थिएटरमा प्रदर्शनमा आएको हो । फिल्मको टिकट मूल्य एक सय रुपैयाँदेखि एक सय ११ रूपैयाँ राखिएको छ ।

मिडिया रिपोर्टका अनुसार अहिले फिल्मले थोरै फिल्म हल पाएको छ । जति पाएको छ, त्यसमा राम्रो व्यवसाय गरिरहेको छ । १९९५ मा ४ करोड लागतमा बनेको यो फिल्मले सो समय ८९ करोड कमाएको थियो ।

फिल्मको ओभरसिज ब्यवसाय मात्र १३.५ करोड रहेको थियो । १९९६ मा पनि फिल्मको राम्रो क्रेज थियो । शाहरुख र काजोल अभिनित फिल्मले १९९६ को अन्त्यसम्म २ सय करोड कमाएको थियो । २०२० सम्म आउँदा फिल्मले ४५५ करोड कमाउन सफल भएको छ । फिल्म रिलिज भएको अहिले २७ वर्ष भएको छ । अहिले पनि यो फिल्मले दर्शक पाइरहेको छ ।
दैनिक भास्कर  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप