शौर्य सिमेन्टले ल्यायो 'शून्यको कमाल बनाउँछ उपभोक्ता मालामाल' अफर

शौर्य सिमेन्टले देश व्यापी रूपमा 'शून्यको कमाल बनाउँछ उपभोक्ता मालामाल अफर' सार्वजनिक गरेको छ । कार्तिक १५ देखि पौष ३० सम्म लागु हुने यस योजना अन्तर्गत उपभोक्ताहरूले हरेक ५० बोराको खरिदमा १ प्रति कुपन प्राप्त गरी हात खाली नजाने रु ५०० देखि रु १०,००० सम्मको कुपन स्क्र्याच गरी नगद प्राप्त गर्न सक्नेछन्।
त्यसैगरी, ५० बोरा भन्दा बढीको खरिदमा एकभन्दा बढी कुपन प्राप्त गर्दा, शून्य अङ्क उल्लेखित कुपन परेको खण्डमा आफ्नो अर्को कुपनमा भएको रकम पछाडि शून्य थप गरी रु १ लाख सम्म नगद प्राप्त गर्न सक्नेछन्।
कुपन प्राप्त गरेको अवस्थामा कम्पनीको आधिकारिक व्यक्तिबाट निर्माण स्थलमै रकम प्रदान गरिने कम्पनीले जनाएको छ ।
शौर्य सिमेन्ट इण्डष्ट्रिज सिराहा जिल्लाको मिर्चैयामा अवस्थित छ । कम्पनीले ४३ ग्रेड ओपीसी, ५३ ग्रेड ओपीसी, पिएस्सी र ५३ ग्रेडको पिपिसी सिमेन्ट उत्पादन गर्दै आएको छ । अन्तराष्ट्रिय स्तरको प्रोडक्सन प्लान्ट भएको शौर्य सिमेन्टले गुणस्तरमा एकरूपता कायम गरी उत्कृष्ट सिमेन्ट उत्पादन गर्दै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलाकार वत्सगोपाल, जो तन्त्रका विम्बसँग खेलिबस्छन्
-
मकालुमा लेक लागेर चिकित्सकको मृत्यु
-
रचनात्मक पत्रकारिता काउन्सिलको प्राथमिकतामा : अध्यक्ष बस्नेत
-
यस्तो देखियो ‘नरसिंहाः अवतार’ मा नीति शाहको लुक्स
-
कर्फ्युअघि पर्सामा ७० राउण्ड अश्रुग्यास प्रहार, २ राउण्ड हवाइ फायर
-
२ गोलले पछि परेको अवस्था उल्टयाउँदै चौथो स्थानमा उक्लियो सिटी