वैदेशिक रोजगारीमा रहेका कस्ता नेपालीले आईपीओ भर्न पाउँछन् ?
पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका लागू गरेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नेपालका कम्पनीहरूले साधारण सेयर (आईपीओ) जारी गर्दा १० प्रतिशत आरक्षण दिने व्यवस्था कार्यान्वयन गर्नको लागि संसोधन गरिएको निर्देशिका लागू गरिएको हो ।
बोर्डका अनुसार अब आईपीओ जारी गर्ने कम्पनीले कुल जारी हुने आईपीको १० प्रतिशत वैदेशिक रोजगारीमा हुने नेपालीको लागि छुट्टयाउनु पर्नेछ । यसरी छुट्टयाएको आईपीओ सर्वसाधारणको लागि निष्कासन हुनुभन्दा १५ दिन अगाडि नै आव्हान पत्र प्रकाशित गर्नुपर्नेछ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपालका आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरुमा रहेको रेमिटान्स बचत खाता मार्फत भुक्तानी हुने गरी आईपीओ भर्नुपर्नेछ । विगत ६ महिनाको अवधिमा कम्तिमा ५० हजार रूपैयाँ नेपालमा पठाएका व्यक्तिहरू मात्रै यस्तो आईपीओ भर्नको लागि योग्य हुने बोर्डले जनाएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण