शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

विप्लव नेकपाका केन्द्रीय सदस्य वली पक्राउ

शुक्रबार, १८ कात्तिक २०७९, ०८ : २२
शुक्रबार, १८ कात्तिक २०७९

निर्वाचन बिथोल्ने अभियानमा लागेको नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई सरकारले उच्च निगरानीमा राखेको छ । 

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा सो पार्टीका नेताहरू धमाधम पक्राउ पर्न थालेका छन् । हिजो मात्र प्रहरीले  पार्टीका केन्द्रीय सदस्य तथा नवलपरासी इन्चार्ज सरद वलीलाई पक्राउ गरेको छ । 

नवलपुरको मध्यपुर नगरपालिका वसन्तपुरबाट प्रहरीले उनलाई पक्राउ गरेको हो । विप्लव नेकपा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र ऋषि कट्टेल नेतृत्वको नेकपाले संयुक्त विज्ञप्ति जारी गर्दै निर्वाचन बहिष्कार गर्ने निर्णय गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप