बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

चुनावी अभियानका क्रममा एमाले अध्यक्ष ओली ४० जिल्लामा पुग्ने

शुक्रबार, १८ कात्तिक २०७९, ०८ : ११
शुक्रबार, १८ कात्तिक २०७९

नेकपा एमालेले चुनावी आमसभा आजबाट सुदूरपश्चिम प्रदेशको दार्चुलाबाट सुरु गर्ने भएको छ । त्यसका लागि एमाले अध्यक्ष केपी शर्मा ओली आज हेलिकोप्टरमार्फत दार्चुला पुग्दैछन् । चुनावी अभियानका क्रममा ओली ४० जिल्लामा पुग्ने कार्यतालिका छ । 

एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटीको सचिवालयले १८ देखि २६ कात्तिकसम्म पूर्वको पाँचथरदेखि सुदूरपश्चिमको दार्चुलासहित ४० जिल्लाका ४० वटै सभामा ओली सहभागी हुने गरी चुनावी सभाका कार्यक्रम बनाएको हो । 

ओलीले आज बिहान ११ बजे दार्चुला सदरमुकाम खलंगामा हुने चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यसपछि एमालेले आजै बैतडी र कञ्चनपुरमा पनि आमसभा गर्दैछ । ती चुनावी सभालाई पनि ओलीले सम्बोधन गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप