शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय

अमेरिकामा आयात बढ्यो, व्यापार घाटामा वृद्धि

बिहीबार, १७ कात्तिक २०७९, २२ : ०१
बिहीबार, १७ कात्तिक २०७९

अमेरिकी व्यापार घाटा लगातार पाँच महिनासम्म गिरावट भएपछि सेप्टेम्बरमा व्यापार घाटा बढेको सरकारी तथ्याङ्कले बिहीबार देखाएको छ । खाद्य र ऊर्जा निर्यातमा चिसोपन देखिएको छ भने ‘सेमीकन्डक्टर’ र उपभोग्य वस्तुजस्ता उत्पादनको आयातमा वृद्धि भएको छ ।

कम्पनीहरूले उपभोक्ताहरूको बढ्दो माग पूरा गर्न घट्दो सूचीहरू भर्न हतार गरेपनि विश्लेषकहरूले संयुक्त राज्य अमेरिकामा घरेलु माग कमजोर हुन सक्ने चेतावनी दिएका छन् । बलियो डलर र सुस्त वैश्विक वृद्धिले अमेरिकी निर्यातलाई कम गर्ने उनीहरूले बताएका छन् । वाणिज्य विभागको तथ्याङ्कअनुसार सेप्टेम्बरमा समग्र व्यापार घाटा बढेर ७३ अर्ब ३० करोड अमेरिकी डलर पुगेको छ ।

कच्चा तेल र भटमासजस्ता खाद्य पदार्थ र औद्योगिक आपूर्तिमा आएको गिरावटका कारण निर्यात २५८ अर्ब डलरमा झरेपछि यो आयात वृद्धि विश्लेषकहरुको अपेक्षाभन्दा माथि देखिएको हो । सेमीकन्डक्टर र सेलफोनलगायत उपभोग्य वस्तुको आपूर्तिबाट आयात बढेर ३३१.३ अर्ब डलर पुगेको छ । सेप्टेम्बरमा चीनसँगको अमेरिकी घाटा १.४ अर्ब डलर घटेर ३२.१ अर्ब डलरमा झरेको तथ्याङ्कले देखाएको छ ।

अमेरिकी उपभोक्ताहरूबाट बलियो माग भए तापनि बढ्दो मुद्रास्फीतिले ग्राहकहरू पछि हट्नसक्ने चिन्ता बढाएको छ । यसले गर्दा अमेरिकी फर्महरू थप सतर्क भएका छन् । अमेरिकी फेडरल रिजर्भले अर्थतन्त्रलाई स्थ्रि बनाउन र बढ्दो मूल्यलाई कम गर्न आक्रामक रूपमा ब्याज दरहरू बढाइरहेको छ । बुधबार लगातार चौथो पटक ब्याज दर वृद्धिको घोषणा गर्दै धेरै परिवारहरूले आफ्नो आयको ठूलो हिस्सा मुख्य सामानहरूमा खर्च गर्नुपरेको छ ।

उच्च ब्याज दरले अमेरिकी डलरलाई पनि बलियो बनाएको छ, जसले अमेरिकी सामानहरू तुलनात्मक रूपमा बढी महँगो बनाएको छ, जसले निर्यातमा असर पार्न सक्छ । ‘हाई फ्रिक्वेन्सी इकोनोमिक्स’की अर्थशास्त्री रुबेला फारुकीले एक विश्लेषणमा भन्नुभएको छ, “भविष्यमा व्यापार प्रवाह कमजोर हुने सम्भावना छ ।”  (रासस/एएफपी)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप