संविधान जोगाउन गठबन्धन आवश्यक छ : नेता प्रधान
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री भीमसेनदास प्रधानले संविधानको रक्षाका लागि पनि निर्वाचनमा गठबन्धन आवश्यक भएको बताए । संविधानकै रक्षाका लागि राजनीतिक दलहरु कांग्रेसको नेतृत्वमा अघि बढ्न सहमति जनाएको उनले बताए ।
आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता प्रधानले आसन्न निर्वाचनमा नागरिक खासै उत्साहित हुन नसकेको अनुभव आफूले घरदैलो अभियानको क्रममा गरेको बताए । जनताको समस्या समाधान गर्ने हिसाबले नेताहरु पुग्नुपर्ने विचार उनले व्यक्त गरे । काठमाडौं सम्पदाको सहर भएको उल्लेख गर्दै नेता प्रधानले काठमाडौंलाई नमूनाको सहर बनाइने प्रतिबद्धता जनाए ।
कार्यक्रममा वरिष्ठ पत्रकार तेजप्रकाश पण्डित, कुलचन्द्र वाग्ले, नेपाली कांग्रेसका नेता हरिसिंह केसी लगायतले निर्वाचनमा कांग्रेसले विगतको साखलाई समेत जोगाएर निर्वाचनबाट नयाँ उचाइ हासिल गर्नुपर्ने विचार व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुस १५ भित्र विभागीय रिपोर्ट पेस गर्न एमालेको निर्देशन
-
‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान’ घोषणा
-
टीयू मैदानमा अझै छ क्रिकेट क्रेज, तस्बिरहरू
-
मुम्बई : यात्रुले भरिएको डुङ्गा समुद्रमा पल्टिँदा दुई जनाको मृत्यु
-
जनजीविका र राष्ट्रिय मुद्दामा समाजवादी मोर्चा निष्प्रभावी
-
उमर खालिदले दिल्लीको अदालतबाट पाए अन्तरिम जमानत