सत्ता गठबन्धनका उम्मेदवारलाई विजयी गराउन प्रवासी मञ्चहरुको आग्रह
बिहीबार, १७ कात्तिक २०७९, १९ : ०९
प्रवासी मञ्चहरुले आम निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गरेको छ । बिहीबार अखिल भारत नेपाली एकता मञ्च महाराष्ट्र राज्य समिति (कृष्ण रावत),नेपाली जनसम्पर्क समिति भारत (ऊदय खड्का), प्रवासी नेपाली एकता मञ्च भारत (राधा रावल), मूल प्रवाह अखिल भारत नेपाली एकता समाज (टंक कुँवर) ले विज्ञप्ति जारी गर्दै मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गरेका हुन् ।
उनीहरूले गठबन्धनका उम्मेदवारलाई विजयी गराउन सक्रिय भएर लाग्न पनि अनुरोध गरेका छन् । यस्तै संविधान मास्ने, गणतन्त्र उल्ट्याउने, जनताका अधिकार कुल्चिनेलाई परास्त गरी नागरिकको अधिकारको सुरक्षा गर्न पनि आग्रह गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेखा भन्छिन्– सन्तान जन्माएपछि महिला झन् जवान हुन्छन्
-
टिजरमा यस्तो देखियो सौगातको ‘बम बहादुर’
-
लक्ष्मण र सुनिताले ल्याए ‘बिहे गरियो’
-
सरकार ढाल्ने स्वार्थ समूहले नै धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गरे : वर्षमान पुन
-
अभिनेता तथा निर्माता खड्का युकेमा सम्मानित
-
दाल तथा गेडागुडीको अग्रिम कर घट्यो, बजार मूल्य घट्नेमा अन्योल