पाकिस्तानी प्रधानमन्त्रीले गरे इमरान खानमाथि भएको आक्रमणको निन्दा
पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले पूर्व प्रधानमन्त्री इमरान खानमाथि भएको गोली प्रहारको निन्दा गरेका छन् । उनले गृहमन्त्री राणा सनाउल्लाहलाई आईजी पुलिस र पञ्जाबका मुख्य सचिवसँग तुरुन्त घटनाको थप रिपोर्ट लिन निर्देशन दिएका छन् ।
प्रधानमन्त्री सरिफले गोली प्रहारको घटना सार्वजनिक भएपछि चीन भ्रमणबारे जानकारी दिन पूर्व निर्धारित पत्रकार सम्मेलन स्थगित गरेका छन् । शाहबाज सरिफ दुई दिने चीन भ्रमण सकेर आजै स्वदेश फर्किएका हुन् । इमरान खान सबार कन्टेनरमा भएको आक्रमणकै कारण उक्त पत्रकार सम्मेलन स्थगित गरिएको सूचना मन्त्री मरियम औरङ्गजेबले बताएकी छन् ।
‘गोलीबारीको घटनापछि उत्पन्न संवेदनशितलाई मध्यनजर गर्दै प्रधानमन्त्री शाहबाज सरिफको चीन भ्रमणपछि गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित गरिएको छ,’ मन्त्री मरियमले भनिन् । इमरान खानले तत्काल चुनावको माग गर्दै आह्वान गरेको लंग मार्चको सातौं दिनमा गुजरान्बालाको अल्लाहवाला चौकमा यो घटना भएको हो । गोलीबाट चोट लागेका खानको स्थिति भने सामान्य रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण