आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

पर्यटनमन्त्री श्रेष्ठको प्रतिवद्धता– नमुना क्षेत्र बनाउँछु

बिहीबार, १७ कात्तिक २०७९, १८ : १३
बिहीबार, १७ कात्तिक २०७९

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले आफ्नो क्षेत्रलाई नमुना क्षेत्र बनाउने उद्‍घोष गरेका छन् । बाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट काठमाडौं–८ का प्रतिनिधिसभा सदस्यका साझा उम्मेदवार बनेका श्रेष्ठले निर्वाचन लक्षित घरदैलो अभियानका क्रम यस्तो उद्‍घोष गरेका हुन् ।

बिहिबार काठमाडौंको स्वयम्भूबाट अभियान सुरु गर्दै मन्त्री श्रेष्ठले आफ्नो निर्वाचन क्षेत्रलाई नमुना क्षेत्रको रुपमा विकास गर्ने प्रतिवद्धता जाहेर गरे । सहरलाई आवश्यक पर्ने पूर्वाधार निर्माणको काम तीव्र रुपमा अघि बढाउने प्रतिवद्धता जनाउँदै उनले उक्त क्षेत्रलाई सांस्कृतिक तथा पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने बताए । अघिल्लो कार्यकालमा पनि आफ्ना अधिकांश प्रतिवद्धता पुरा गरेको बताउँदै श्रेष्ठले संघीय संसदमा रहेर जनमुखी कानुन बनाउन तथा आफ्नो निर्वाचन क्षेत्रलाई नमुना बनाउन सक्रिय भुमिका खेल्ने बताए । शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार र पर्यटन लगायत बहुआयमिक विकासमा आफू केन्द्रित हुने उनको भनाइ छ ।

‘सबै क्षेत्रसँगको सहकार्यमा व्यवस्थित र नमुना क्षेत्र बनाउन सकिन्छ’ु मतदातासँग मन्त्री श्रेष्ठले भने, ‘पर्यटकीय आकर्षणका योजनाहरु पनि अघि बढाउँछु ।’ घरदैलो अभियानको पहिलो दिन बिहिबार काठमाडौं–८ का भगवान पाउ, विजेश्वरी, बडेगाल,फुर्के सल्ला, तल्लो बिजेश्वरी, सशुख्वाट मार्ग र डल्लु चौतारा क्षेत्रमा बाम–लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवारहरूले मतदाता भेटघाट गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप