आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

तीन दलीय गठबन्धनले मुलुक चलाउँदैन : गृहमन्त्री खाँण

बिहीबार, १७ कात्तिक २०७९, १७ : ४२
बिहीबार, १७ कात्तिक २०७९

गृहमन्त्री बालकृष्ण खाँणले नेकपा एमाले, राप्रपा र जसपाबीचको तीन दलीय गठबन्धन पश्चगामी भएको आरोप लगाउँदै उक्त गठबन्धनले देश चलाउन नसक्ने दाबी गरेका छन् । जनताको सङ्घर्षबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विपक्षमा उभिएका शक्तिहरू बीचको गठबन्धनले मुलुकलाई पश्चगमनतर्फ लैजाने उनको दाबी छ।

पाँच दलीय गठबन्धनको तर्फबाट रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा उम्मेदवार रहेका खाँणले बिहीबार भैरहवामा आयोजित तरुण प्रशिक्षण कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले नेपालको राष्ट्रियताको संरक्षण गर्दै मुलुकलाई अग्रगमनको दिशामा अगाडि बढाउन पाँच दलीय गठबन्धन बनेको बताए । 

लोकतान्त्रिक गणतन्त्रबाट नै जनता मालिक बनेको उल्लेख गर्दै नेपाली जनतालाई खुसियालीमा बदल्न पनि पाँच दलीय गठबन्धन आवश्यक रहेको जिकिर गरे । व्यवस्था बचाएर नागरिकको अवस्था बदल्न तथा पाँच वर्ष भित्र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न पाँच दलीय गठबन्धनले मात्र सक्ने उनले बताए ।

सोही कार्यक्रममा बोल्दै पाँच दलीय गठबन्धनका तर्फबाट प्रदेश सभा ३ (क) का उम्मेदवार सन्तोषकुमार पाण्डेयले युवाहरूमा देखिएको उत्साहले पाँच दलीय गठबन्धनको जित सुनिश्चित जस्तै भएको दाबी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप