तानाशाह र भ्रष्ट्राचारीलाई छान्नका लागि चुनाव गरिँदैछ : धर्मेन्द्र बास्तोला

नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’ ले देशमा फाँसीवादी शासन चलिरहेकोले‌ आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचन खारेज गरिनुपर्ने बताए। यो संसदीय व्यवस्था नेपाली जनताको व्यवस्था नभएकोले निर्वाचन खारेज गरिनुपर्ने उनले बताए ।
बिहीबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित चार दलको संयुक्त चुनावी बहिष्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने– ‘कुन तानाशाह छान्नका लागि चुनाव गरिँदैछ ? उनीहरूले पाँच वर्ष लुटेर खान बाहेक अरू केही गर्नसक्ने छैनन् त्यसैले चुनाव बहिष्कार गर्नतर्फ आम जनतालाई आह्वान गर्दछौं।’
उनले यो संसदीय व्यवस्था रहेसम्म साम्राज्यवादीहरुको कठपुतली चलिरहने र परिवर्तन सम्भव नहुने बताए । ‘यो दलाल पुँजीवादी शासनको विध्वंश गर्न जरुरी छ, उनले भने– ‘थोरै भोटले चुनिएर शासन गर्ने व्यवस्था लोकतान्त्रिक व्यवस्था होइन । अब वैज्ञानिक समाजवाद चाहिएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी ५ गल्ती बन्न सक्छ ब्रेकअपको कारण
-
सांसदले नाबालिकालाई बन्धक बनाएको प्रकरण : महानगरले आयोगलाई बुझायो १२० पृष्ठ लामो अनुसन्धान अभिलेख
-
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
नङको रङ र रोगको संकेत
-
यी ५ तरकारीले युरिक एसिड द्रुत गतिमा बढाउँछ
-
नेपाल स्टक एक्सचेन्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान